९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन महिनाभित्र निर्यातगृह सञ्चालन हुँदै

२५ पुष २०७७, शनिबार ११:११

पुस २५, काठमाडौँ | निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पुर्याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी कार्यविधि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष प्रस्तुत भइसकेको र तीन महिनाभित्र निर्यातगृह सञ्चालन गरिनेछ ।

नेपाल रत्न तथा आभूषण सङ्घको सोह्रौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने बताउँदै उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले निजी क्षेत्रलाई आर्थिक समृद्धिको साझेदार मानेर उनीहरुसँगै हातेमालो गरी आर्थिक उन्नयनका निम्ति अघि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र तदनुरुप काम भइरहेको बताउँदै एकै स्थानबाट निर्यातयोग्य सामग्रीको प्रवद्र्धन गर्न आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । 

उहाँले गरगहना बनाउने कालिगढको व्यवस्था स्वदेशमै गर्न सरकारले आवश्यक बजेट विनियोजन गरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई आवश्यक निर्देशन दिइसकेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवटै तहका सरकारबाट उद्यमी व्यवसायीलाई सहयोग हुनुपर्नेमा जोड दिँदै अन्तर सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले कहिलेकाहीँ झञ्झट झेल्नुपरेको दुःखेसो गर्नुभयो । उहाँले व्यावसायिक गतिविधि बढाउन तथा नीतिगत विषयमा सहजकर्ताको भूमिका निर्वाह गर्न एक संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोभिड–१९ का कारण शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्न सरकारीस्तरबाट पनि केही सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताउँदै उहाँले उद्योग व्यवसायका विकृतिका रुपमा रहेको ‘विचौलिया प्रवृत्ति’ अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष ज्योत्सना श्रेष्ठले गत आर्थिक वर्षमा रु १० खर्ब ९९ अर्ब व्यापार घाटा व्यहोरेको नेपाललाई यो वर्षको पहिलो पाँच महिनामा रु चार खर्ब ७५ अर्बको व्यापार घाटा भइसकेको सन्दर्भमा निर्यात प्रवद्र्धनमा लागेका निजी क्षेत्रका उद्यमी व्यवसायीलाई सरकारले सघाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ८० प्रतिशतभन्दा बढी विदेशी कामदार रत्न तथा आभूषण व्यवसायमा रहेकाले स्वदेशीलाई सीपमूलक तालीम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा सघाउन सरकारसँग आग्रह गर्नुभयो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाब्ु पुडासैनीले रत्न तथा आभूषण सङ्घका प्राविधिक समस्या समाधान गर्न सहजकर्ताको भूमिका विभागले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकको दिगो आर्थिक विकासका लागि मात्र नभई नेपाली कला र सीपलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको यथार्थ प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले सरकारले पनि सङ्घलाई हौसला दिन सोही अनुसारको व्यवहार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा