४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा पाँच महिनादेखि विद्युत् अवरुद्ध

२६ पुष २०७७, आईतवार ०५:५१

पुस २६, बाजुरा | बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । 

पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड लघु जलविद्युत् भदौ महिनाको २५ गते राति आएको अविरल वर्षाका कारण गएको पहिराले नहर भत्काएपछि विद्युत् अवरोध भएको चार महिना बितिसक्दा मर्मत नहुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् । 

पहिराले  विद्युत्को नहर बगाएको पाँच महिना बितिसक्दा पनि नगरपालिका र विद्युत् सञ्चालक समितिले कुनै चासो नदेखाएको सेवाग्राहीले गुनासो गरेका छन् । विद्युत् सेवा उपयोग गर्दै आएका स्थानीयवासी अध्यारोबाट छुटकारा कहिले पाउने भन्ने बारेमा अन्योलमा छन् । अहिले पहिराले नहर नै बगाएको लामो समय भइसक्दा पनि निर्माण नगर्नु विद्युत् सञ्चालक समिति गैरजिम्मेवार बनेको वडा नं ३ का शुकवीर खड्काले बताउनुभयो । 

विद्युत्को नहर भन्दामाथि नगरपालिकाले काटेको सडकका कारण पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत् सेवा नहरमा  माटो जमेर बगाएपछि हालसम्म नहर निर्माण नगर्नु सञ्चालकको लापरवाही भएको खड्काको भनाइ छ । 

सडकले गर्दा अहिले हामीले विद्युत् बाल्न नपाएको विद्युत् सञ्चालक समितिले जनाएको छ । पहिराले नहर नै बगाएपछि कुनै सम्भावना नभएपछि विद्युत् सेवा सुचारु गर्न नसकेको बड्डीगाड लघु जलविद्युत्का व्यवस्थापक ध्रुव रेग्मीले बताउनुभयो । 

आर्थिक अभावका कारणले विद्युत्को नहर बनाउन  समस्या भएको व्यवस्थापक रेग्मीले जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ