१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यार्थीका लागि एनसेलले ल्यायो ‘एनसेल अडियो क्लास’ योजना,कसरी सुचारु गर्ने ?

२६ पुष २०७७, आईतवार ०६:०८

पुस २६, काठमाडौँ | एनसेलले विद्यार्थीका लागि 'एनसेल अडियो क्लास' ल्याएको छ | यसअन्तर्गत  एनसेलको सिमकार्ड भएका विद्यार्थीले आवश्यकता अनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् |

एनसेलका अनुसार विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममाआधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने छन् | कम्पनीले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यो  ‘अनपज’ अभियानअन्तर्गत ल्याएको हो |

पाठ्यक्रममाआधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने एनसेलले जनाएको छ | एनसेलले पहिलो चरण अन्तर्गत अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध गराएको छ |

कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्ध रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गर्ने एनसेलले तयारी गरेको छ | यो योजनाको प्रयोगका लागि १७१४४ डायल गरी प्राप्त निर्देशनअनुरुप अडियो क्लास सेवाको प्रयोग गर्न सकिने छ |

इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, यूएसएसडी तथा वेब च्यानलमार्फत पनि प्रयोग गर्न सक्नेछन् | अडियो क्लासको लागि अहिले ३ दिन र ७ दिनको अफर रहेको छ | ३ दिनको प्याकमा विद्यार्थीले करसहित मात्र ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवालिन सक्नेछन् भने ७ दिनको प्याकमा करसहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लासको सेवा लिनसक्ने एन्सेलले जनाएको छ |

कुनै अडियो प्याकअन्तर्गतको निश्चितमिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा ७ रुपैयाँमा फेरि खरिद गर्न सक्छन् | यो सेवा सुरु गरिएको पहिलो ५ महिनासम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्ने सक्ने छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु