२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुम्लामा फोटोकपी गर्न ४० रुपैयाँ

२६ पुष २०७७, आईतवार ०७:३१

पुस २६, हुम्ला | हुम्लामा निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमुना दस्तखत कार्डको फोटोकपी गर्न ४० रुपैयाँ पर्ने गरेको छ । हुम्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमुना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंगो मूल्य तिर्नु परेको गुनासो आएको हो।

बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमुना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउन बैंक नजिकको फोटोकपी सेन्टरमा एकप्रतिको ४० रुपैयाँ तिर्नुपरेको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँका धीरेन्द्र फडेराले बताए।

सामाजिक सुरक्षाभत्ता बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गाउँपालिकाले लागु गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुइँचो लाग्ने गरेको छ।'किन यति महंगोमा दस्तखत कार्ड फोटोकपी गर्नुपरेको भन्दै बैंकसँग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको छ' उनले भने।

यदि कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको व्यवस्था गर्नुपर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँका अर्का स्थानीय छिरिङ फडेराले बताए।दस्तखत कार्ड मात्र नभएर केवाइसी फर्मको पनि ४० रुपैयाँमा फोटोकपी गर्नुपरेको छिरिङले बताए। अन्य बैंक र फोटोकपी सेन्टर नभएका कारण कार्ड तथा केवाइसी फर्मको मूल्य आफूखुसी असुल्ने गरेको स्थानीयबासीको गुनासो छ।

यो समस्या सर्केगाड गाउँपालिकाका वडा १ देखि ८ सम्मका सेवाग्राहीले झेल्दै आएका छन्। बैंक खाता खोल्नैपर्ने भएपछि सेवाग्राहीलाई अन्य विकल्प नहुँदा चर्को मूल्य तिरेर खाता सञ्चालन गर्नुपर्ने बाध्याता छ।

यस सम्बन्धमा उक्त शाखाका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको बताए। सम्भव भएसम्म बैंकले स्क्यान गरेर सेवाग्राहीलाई उक्त कार्ड दिने गरेको उनको भनाइ छ। सिधैँ काठमाडौँबाट झिकाउनुपर्ने भएका कारण कहिलेकाहीँ कार्डको समस्या हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने