२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट फर्केर नेपालमै उद्यम गरिरहेकालाई राष्ट्रिय पुरस्कारको लागि आवेदन माग

२०७७, २८ पुष मंगलवार ०५:३१

पुस २८, काठमाडौँ | वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन माग गरेको छ | विदेशबाट स्वदेश फर्किएकाहरुले नेपालमै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान पुर्याएका उद्यमीको कदर गर्न सम्मानका लागि आवेदन माग गरेको  हो |

आगामी माघ १९ गतेभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा आवेदन दर्ता गराउन वा स्क्यान गरी इमेल ठेगाना  [email protected] मा पठाउन सकिने मन्त्रालयले जनाएको छ | 'विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६’ को अनुसूची २ अनुसारको आवेदन फारम भरी खामबन्दी गरेर पठाउन सकिन्छ |

आवेदन दिनकालागि श्रमिक भिसामा विदेश गइ कम्तिमा पनि एक वर्ष काम गरि फर्किएको हुनुपर्ने छ |मन्त्रालयका अनुसार विगत पाँच वर्षभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट यस प्रकारको पुरस्कार प्राप्त गरेकाहरुले भने आवेदन दिन पाउने छैनन् |

आवेदन संगै नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि पेश गर्नुपर्नेछ | यस्तै व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ व ०७६/७७ को करचुक्ता प्रमाणपत्रका प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहित आवेदन दिन सकिने मन्त्रालयले बताएको छ | 

आवेदनको फारम मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिने छ भने  थप जानकारीका लागि मन्त्रालयको फोन नम्बर ०१-४२००४७६ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश