१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेलमार्ग विस्तारमा अवरोध

२९ पुष २०७७, बुधबार १२:१४

पुस २९, बीरगंज | राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् । 

सो विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिपिआर तयारीको लागि सर्भे गर्ने भनेर निजगढ आएको टोलीलाई स्थानीयवासीले बस्तीबीचबाट सर्भे नगर्ने भनी अवरोध खडा गरेका छन् । 

सर्भे टोलीका प्रमुख सवइञ्जिनीयर सुरज पौडेलले राससलाई भन्नुभयो, “गाडीएको पिलरदेखि २५० मिटर पश्चिम र ५० मिटर पूर्वतर्फको बाटो भएर रेलमार्ग जाने गरी सर्भे गर्दा स्थानीयवासीले अवरोध खडा गरेका छन्, निजगढ बजारको दक्षिणतर्फ निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालको जग्गा र कृष्ण मुरारी खड्काको जमीनको साध र सोही ठाउँको राजमार्गसँग जोडिएको रुद्रलाल श्रेष्ठ र श्रवण श्रेष्ठको साधमा पिलर गाडिएकाले विरोध भएको हो ।” 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको पत्र लिएर इञ्जिनीयर पौडेलले नगरपालिका गएपछि स्थानीयवासीले विरोध जनाएको बताइएको छ । सो जमीनमा पिलर गाड्दा सम्बन्धित जग्गाधनीलाई र रेलमार्ग सर्भेबाट प्रभावित स्थानीयलाई जानकारी नदिइएको स्थानीयवासी विष्णु खड्काले बताउनुभयो । तीनसय वर्षभन्दा पुरानो बस्ती कछडियाको बीचबाट रेलमार्गको सर्भे भइरहेको थाहा पाएपछि त्यहाँका जनताले विरोध जनाउँदा विद्युतीय रेलमार्गको काम अगाडि बढ्न सकेको छैन । 

सर्भे टोलीका अनुसार सो रेलमार्ग निजगढको भमरा नदीकट्टा, तेस्रो लाइन, जमुनी पैनी, निजगढ बजार, गुम्मा टोल, सडक टोल, पुरानो निजगढ हुँदै बकैया खोला पारी गरी रेलमार्ग लालबस्तीतर्फ जाने छ । सो रेलमार्ग चिसापानी, घैया पोखरी, गुङ्जोड, बारथली, रामथली, कुलिया, भक्तलाल, डुमरजोर हुँदै अमलेखगञ्ज निस्कने र हेटाँैडाबाट पश्चिमतर्फ रेल्बे लिक जाने छ । सर्भे टोलीले ती बस्तीका विभिन्न स्थानमा जग्गाधनीलाई कुनै जानकारी नदिएर जग्गाका साध, सिमानामा पिलर गाडेपछि विवाद चुलिएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु