२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेलमार्ग विस्तारमा अवरोध

२०७७, २९ पुष बुधबार १२:१४

पुस २९, बीरगंज | राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् । 

सो विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिपिआर तयारीको लागि सर्भे गर्ने भनेर निजगढ आएको टोलीलाई स्थानीयवासीले बस्तीबीचबाट सर्भे नगर्ने भनी अवरोध खडा गरेका छन् । 

सर्भे टोलीका प्रमुख सवइञ्जिनीयर सुरज पौडेलले राससलाई भन्नुभयो, “गाडीएको पिलरदेखि २५० मिटर पश्चिम र ५० मिटर पूर्वतर्फको बाटो भएर रेलमार्ग जाने गरी सर्भे गर्दा स्थानीयवासीले अवरोध खडा गरेका छन्, निजगढ बजारको दक्षिणतर्फ निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालको जग्गा र कृष्ण मुरारी खड्काको जमीनको साध र सोही ठाउँको राजमार्गसँग जोडिएको रुद्रलाल श्रेष्ठ र श्रवण श्रेष्ठको साधमा पिलर गाडिएकाले विरोध भएको हो ।” 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको पत्र लिएर इञ्जिनीयर पौडेलले नगरपालिका गएपछि स्थानीयवासीले विरोध जनाएको बताइएको छ । सो जमीनमा पिलर गाड्दा सम्बन्धित जग्गाधनीलाई र रेलमार्ग सर्भेबाट प्रभावित स्थानीयलाई जानकारी नदिइएको स्थानीयवासी विष्णु खड्काले बताउनुभयो । तीनसय वर्षभन्दा पुरानो बस्ती कछडियाको बीचबाट रेलमार्गको सर्भे भइरहेको थाहा पाएपछि त्यहाँका जनताले विरोध जनाउँदा विद्युतीय रेलमार्गको काम अगाडि बढ्न सकेको छैन । 

सर्भे टोलीका अनुसार सो रेलमार्ग निजगढको भमरा नदीकट्टा, तेस्रो लाइन, जमुनी पैनी, निजगढ बजार, गुम्मा टोल, सडक टोल, पुरानो निजगढ हुँदै बकैया खोला पारी गरी रेलमार्ग लालबस्तीतर्फ जाने छ । सो रेलमार्ग चिसापानी, घैया पोखरी, गुङ्जोड, बारथली, रामथली, कुलिया, भक्तलाल, डुमरजोर हुँदै अमलेखगञ्ज निस्कने र हेटाँैडाबाट पश्चिमतर्फ रेल्बे लिक जाने छ । सर्भे टोलीले ती बस्तीका विभिन्न स्थानमा जग्गाधनीलाई कुनै जानकारी नदिएर जग्गाका साध, सिमानामा पिलर गाडेपछि विवाद चुलिएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश