१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

१ माघ २०७७, बिहीबार १०:४९

माघ १, काठमाडौँ | जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भन्नुभयो, “पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।” प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु