१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाफिजको आयोजनामा आर्थिक पत्रकारलाई एनएफआरएस सम्बन्धि तालीम

२ माघ २०७७, शुक्रबार ११:३०

माघ २, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डले (एनएफआरएस) सम्बन्धि तालिम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघसँगको सहकार्यमा नाफिजले आर्थिक पत्रकारको बैंकिङ समाचार लेख्ने क्षमता विकास गर्न सो तालिम आयोजना गरेको हो ।


तालिमको उद्घाटन सत्रमा बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण नेपाली तथा लगानीकर्ताले सजिलै बुझने प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्न आवश्यक रहेको औंल्याएका थिए । उनले सर्वसाधारण लगानीकर्ताले बुझ्ने गरी वित्तीय विवरण सरल र नेपाली भाषामा प्रकाशन गर्न बैंकरहरुबीच छलफल सुरु भएको र संघमा औपचारिक रुपमा अघि बढाउने जानकारी दिए ।

यसअघि बैंकहरुले प्रकाशन गर्ने वित्तीय विवरण आफ्नो व्यवसायीक अवस्था राम्रो रहेको मात्र देखाउन प्रकाश गर्ने गरेको तर एनएफआरएस लागु भएपछि बैंकहरुले संस्थाको व्यवस्थापकीय हिसाबलाई प्राथमिकतामा राख्ने उनले भनाइ उनको छ ।


आगामी दिनमा नाफिजसँगको सहकार्यमा संघले आर्थिक पत्रकारको क्षमता तथा सीप विकासका लागि तालीम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने प्रतिबद्धता उनको छ । तालीममा ३० जनाभन्दा बढी आर्थिक पत्रकार सहभागी थिए जहाँ नेपाल राष्ट्र बैंक नियमन विभागका सहायक निर्देशक सुजन खनाल, स्ट्यान्डर्ड चार्डर्ट बैंकका लेखानियन्त्रक सुरज लामिछाने र वरिष्ठ आर्थिक पत्रकार यज्ञ बञ्जाडेले प्रशिक्षण दिएका थिए । तालीममा एनएफआरएसको पृष्ठभुमि, उपयोगीता र चुनौतीका बारेमा प्रकाश पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु