२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यावसायिक ड्रागनखेतीबाट राम्रो आम्दानी

४ माघ २०७७, आईतवार ०७:००

माघ ४, भोजपुर । धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्, तर भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यावसायिक खेतीमा लाग्नुभएको छ । व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घरलाई बिक्री गरेर गाउँ आएको उहाँले बताउनुभयो । उहाँले जिल्लामा पहिलो पटक यसको खेती लगाउनुभएको हो । 

 कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहनुभएको छ । उहाँले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाउनुभएको छ । 

उहाँले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाउनुभएको छ । दुई हजार ५०० पिलर पु¥याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताउनुभयो । उहाँले तीन वर्षअघिबाट भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती गर्न थालेको बताउनुभयो । अहिले उहाँको फर्ममा रहेको ड्रागनले फल दिन शुरु गरेको छ । 

कृषक नेपालले भन्नुभयो, “म २२ वर्षपछि पुनः गाउँ फर्केर व्यावसायिक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, शुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरैथरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि खेती गर्दै आएका छन् ।”

उहाँले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म रु १५ लाख बढी खर्च गरिसकेको बताउनुभयो । गत वर्षबाट सामान्यरुपमा त्यसले फल दिन थालेको उहाँले बताउनुभयो । उहाँले ड्रागन खेतीबाट वार्षिक रु ५० लाख आम्दानी लिने लक्ष्य राख्नुभएको छ । उहाँले भारतबाट सोका बिरुवा ल्याएर खेती थालेको जानकारी दिनुभयो । 

उहीले आफैँले पनि ड्रागनका बिरुवा उत्पादन थालेको समेत जानकारी दिनुभयो । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्नेछ यसको मूल्य स्थानीय बजारमा रु ७०० देखि रु एक हजारसम्म रहेको उहाँले जानकारी दिनुभयो । 

गत वर्ष कागती बिक्रीबाट रु १० लाख आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । कोभिडका कारण यस वर्ष भने बिक्रीवितरणमा समस्या भएको उहाँको भनाइ छ । “गत वर्ष मैले रु १० लाख बराबरको कागती बिक्री गरेँ, सोमध्ये रु तीन लाख बराबरको कागती स्थानीय बजारमा बिक्री भयो, बाँकी काठमाडौँ लगेर बिक्री गरँे, भोजपुरबाट आएको आर्गानिक कागती भनेपछि यसको काठमाडौँमा पनि बजार राम्रो छ ।”

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यकातर्फबाट सहयोग नपाएको नेपालले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्, खास सहयोग पाएको छैन, मैले बैंकबाट कृषि ऋण लिएर व्यवसाय थालेको हो, मैले पनि राज्यलाई केही दिन सकेको छैन, फर्मसम्म आउनका लागि सडक नहुँदा डोकामा बोकेर बस भएको ठाउँसम्म लैजाने गरेको छु, मैले राम्रो काम गर्न सके भने सरकारको तर्फबाट पनि सहयोग आउला भन्ने आशा छ, अहिले मेरो एक मात्र लक्ष्य भनेको वर्षिक रु ५० लाख आम्दानी सुनिश्चित गर्ने नै हो ।”

उहाँले गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको बताउनुभयो । उहाँले गाउँमा उत्पादन  भएको दूधलाई बजारसम्म पु¥याउनका लागि पहलसमेत थालेको जानकारी दिनुभयो । विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरेर दूधलाई बजारसम्म लैजानका लागि काम गर्ने तयारी रहेको उहाँको भनाइ छ । 

कृषक नेपालले भन्नुभयो, “हाम्रो ठाउँमा दूधको सम्भावना अत्यन्तै राम्रो छ, तर गाउँघरमा उत्पादन भएको दूधले मूल्य पाउन सकेको छैन, दूधलाई बजारमा पु¥याएर बिक्री गर्नसकेमा यहाँका हजारौँ कृषकलाई लाभ पुग्छ, दूध सङ्कलन केन्द्र स्थापनाका लागि आवश्यक कागजात तयार गरेर स्थानीय सरकारसँग समन्वय गरिरहेको छु ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान