२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्रीन लाइफ हाइड्रोको आइपिओ निष्कासन हुने

२०७७, ११ माघ आईतवार ०६:०९

माघ ११, काठमाडौँ । ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि आइपिओ खोल्ने भएको छ। कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो।  जसमध्ये ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएने र बाँकी म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याइएको छ ।

माघ २३ देखि छिटोमा २७ सम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। शेयरको लागी अनलाइनबाट मेरो सेयरमार्फत अथवा आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ।

कम्पनीले केयर रेटिङबाट एनपी बी प्लस रेटिङ पाएको छ। यसले निष्कासनकर्ता वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँछ। यसअघि प्रभावित स्थनीयका लागि खोलिएको सेयरमा सम्पूर्ण रुपमा बिक्री नभएपछि सो समेत थप गरी अहिले सर्वसाधारणलाई जारी गर्न लागिएको हो। 

कम्पनीले दोलखा जिल्लाको खानीखोलाबाट विद्युत उत्पादन गर्नेछ। कम्पनीले ४० मेगावाट क्षमताको आयोजना बनाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश