२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैँसीपालनबाट सातलाख आम्दानी

१६ माघ २०७७, शुक्रबार ०८:१३

माघ १६, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ ।उहाँ विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर  सफल बन्नुभएको हो ।  अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न हुनुहुन्छ । 

उहाँले  स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारी  दिनुभएको छ । उहाँ  पशुपालनबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गत वर्ष सबै खर्च कटाएर वार्षिक करीब रु सात लाख बचत भयो ।  यस वर्ष कोरोनाका कारण केही नोक्सान भयो । अहिले भने राम्रो छ । ” 

उहाँको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । उहाँ प्रायः  भैँसीका पाडापाडीको स्याहारसुसारमा  धेरै व्यस्त देखिनुहुन्छ । परम्परागतरुपमा खेतीपाती गर्दै आएकी उहाँले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिकरुपमा  भैँसीपालनको शुरुआत गर्नुभएको थियोे । उहाँले भन्नुभयो  “शुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरीद गरी  भैँसीपालन गरेका हौँ अहिले भने फममा साना ठूला गरी २८  वटा मुर्रा जातका  भैँसी रहेका छन् ।  तीमध्ये १०  दुहुना भैँसी रहेका छन् भने अरुले अब छिट्टै दुहुना हुने अवस्थामा छन् । ” उहाँले अहिले भैँसीले दैनिकरुपमा दिनेगरेको ११० देखि १३० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ भने केही दूध आफ्नै फर्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको  जाकारी दिनुभयो । 

दाङमा प्रतिलिटर दूधको फुटकर  मूल्य रु ८० 

मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताउनुभयो । उहाले भन्नुभयो, “यस अघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने वाध्यता थियो ।  अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।” सोही फर्ममा मल किन्न गएकी तुलसीपुर–६ गोलौराकी ३८ वर्षीया पूर्णिमा बस्नेतले आफूले अर्गानिक तरकारी खेती गर्दै आएकाले भैँसीको मल लिन आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक ट्र्याक्टर मललाई रु तीन हजार ५०० पर्दोरहेछ खुशी लाग्यो अब लगेर हिउदे तरकारी खेती गर्छु  ।” उहाँको फर्ममा अहिलेसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ । 

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि सात लाख बचत गर्न सफल भएका उहाँले बताउनुभयो । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको जानकारी दिनुभो । 

“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन” “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट भैँसीपालक किसान भनेर पुरस्कृत ग¥यो, त्यसबाट थप हौसला मिलेको छ”, उहाँले भन्नुभयो । अहिले उहाँको  भैँसी फार्ममा विभिन्न ठाउँबाट  भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरीदको लागिसमेत मानिस आउने गरेका छन् । 

पढेलेखेका पैसा कमाउनकै लागि जागीर खानै पर्छ अथवा विदेश नै जानुपर्छ भन्ने छैन उहाँको सुझाव छ ।  उहाँ पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ भन्नुहुन्छ ।  यसको लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उहाँको धारणा छ । उत्पादित सामग्रीलाई उचित बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उहाँको सुझाव छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान