२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुहिएको चामल खान बाध्य छन् हुम्ली

२०७७, १६ माघ शुक्रबार ०९:१५

हरिबहादुर रावत । १६, हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । 

मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ । हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्ने गरेका छन् । सर्केगार्ड गाउँपालिका–१ जैरबाट चार घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीयवासी धनगडी बलले गुनासो गर्नुभयो ।

अधिकांश उपभोक्ताले चामल किनेर घर पु¥याइसकेपछि मात्रै चामल गुणस्तरहीन रहेको थाहा पाएका छन् । चामल डल्ला र घुन लागेर खान नमिल्ने खालको भएपछि गाईभैँसीलाई खुवाएको सर्केगार्ड गाउँपालिका–१ का स्थानीयवासी दिलबहादुर कार्कीले बताउनुभयो । उहाmँे भननुभयो, ‘‘माथिल्लो भाग हेर्दा चामल राम्रै देखिन्थ्यो बीच र तल्लोमा काम नलाग्ने कुहिएर डल्ला परेको रहेछ ।’’ फिर्ता गर्न धेरै समय लाग्ने भएकाले अधिकांश उपभोक्ताले चामल, गाईभैँसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुःखेसो गर्दै आएका छन् । सुर्खेतबाट मुगुको सोरुकोटसम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्री केन्द्रसम्म ३२० क्विन्टल चामल पु¥याएको ठेकेदार प्रदीप टमटाले बताउनुभयो । गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका ठेकेदार टमटाले स्वीकार गर्नुभयो । “गाडीवालाको लापरबाही हो”, उहाँले भन्नुभयो । कुहिएको आधा चामल जैरको खच्चामा त्रिपालले छोपेर राखेको ठेकेदार टमटाले बताउनभुयो । “२५ बोरा सात क्विन्टल सर्केगार्ड जैरको खच्चामा छोपेर राखेको छु”, उहाँले भन्नुभयो ।

ठेकेदार टमटाले हतारहतारमा मुगु जिल्लाको सोरुकोटमा एक हजार, कार्मारुम एक हजार र बिक्री केन्द्रमा ९०० क्विन्टल चामल पु¥याएका थिए । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हुम्लाका उपभोक्ता ठगिँदै आएका छन् । 

एक महिना पहिले सर्केगार्ड गाउँपालिकास्थित सर्केगार्ड डिपोबाट रु एक हजार ३५० पर्ने चामल ठेकेदारले रु दुई हजार मूल्यमा बिक्री गरेको उपभोक्ताहरु बताउँछन् । सर्केगार्ड डिपोमा कर्मचारी नभएपछि ठेकेदारले मनपरीरुपमा चामल बिक्री गरी उपभोक्ताबाट रकम असुल्ने गरेको उनीहरुको भनाइ छ । रु एक हजार ३५० पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल रु दुई हजार तिरेर आफूले किनेको सर्केगार्ड गाउँपालिका–५ का गगन सिंहले जानकारी दिनुभयो । आठ बोरा चामल रु १६ हजार तिरेर लिएको सिंहले दुःखेसो गरे । 

गत वर्ष अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएकाले पैसा मात्रै खेर गएको अदानचुली गाउँपालिका–५ करगाई गाउँका पुनबहादुर छत्यालले दुःखेसो गरे । गत वर्ष श्रीनगर डिपोबाट चामल किनेर खार्पुनाथ गाउँपालिका–३ रायाँका दीपक बुढाले पाँच क्विन्टल चामल किनेर ल्याएको कुहिएको भेटिएपछि त्यतिकै पैसा मात्रै खेर गरेको उनले बताए । पाँच क्विन्टल चामल कुहिएको परेपछि तनाव भएको बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट कार्यालय गैरजिम्मेवार कुरा गर्दै आएको छ । कर्मचारी नहुँदा केही समस्या भएको कार्यालयको स्वीकारोक्ति छ । चामल सम्बन्धित स्थानमा ल्याउँदा ठेकेदारलाई जिम्मा दिएको सिमकोट शाखा कार्यालय हुम्लाका शाखा प्रमुख निर्मल थापाले बताउनुभयो ।

‘‘शाखामा दुईजना मात्रै कर्मचारी छौँ, डिपोमा कर्मचारी छैन हामीले सबैतिर ध्यान पु¥याउन नसकेका हौँ’’, शाखाप्रमुख थापाले भन्नुभयो । ठेकेदारले बिक्री गरेको भए ठेकेदारको जिम्मा हुने उहाँले बताउनुभयो ।  ठेकेदारले बिक्री गरेको भए ठेकेदारको जिम्मा हुने थापाले बताउनुभयो । “खाद्यान्न ठेकेदारले उठाउँदा जिम्मेवार भएर ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । गाउँगाउँबाट उपभोक्ताले शाखा कार्यालय सिमकोटलाई उपभोक्ता ठगिएको बारेमा जानकारी गराउँदा पनि सिमकोट शाखा मौन रहेको रहेको छ । डिपोहरुमा कर्मचारी नभएपछि ठेकेदारले मनोमानीरुपमा चामल पु¥याउन मनपरीरुपमा वितरण गर्ने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो