११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा वर्षा नहुँदा चिन्ताः गहुँबाली सुक्दै

१९ माघ २०७७, सोमबार १२:२२

माघ १९, बझाङ । समयमै वर्षा नहँुदा यस वर्ष किसानलाई भोकमरीको चिन्ता बढेको छ । अहिलेसम्म बर्षात भएको छैन । अधिकांश खेतीयोग्य जमीनमा वर्षा नहुँदा गहुँ सुक्दै गएको थलारा गाउँपालिकाका बासिन्दा प्यारु खड्काले बताए । 

छबिस पाथीभेरा गाउँपालिका घर भएका मानबहादुर सिंहले खेत जोतेर गहुँ छराँैला सोचेको भए पनि वर्षा नहुँदा खेतसमेत बाँझै रहेको र केही खेतमा गहुँ लगाएको भए पनि गहुँ सुक्दै गएको जानकारी दिए । 

जिल्लामा १० हजार ४५० हेक्टर जमीनमा गहुँबाली उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जयपृथ्वी नगरपालिका–१ का जीवनबहादुर सिंहले अघिल्ला वर्षमा यतिबेला खेतबारी हराभरा देखिन्थ्यो तर यस वर्ष भने समयमै पानी नपरेकाले जताततै खेतबारी उजाड देखिएको बताए । 

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण भारत गएर ज्याला मजदूरी गरी खानेहरू पनि गाउँघरमा फर्किएर खेती किसानी गर्न थाले तर समयमै पानी नपर्दा सङ्कट परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले यस वर्ष फागुन १५ गतेसम्म पानी नपरे पाखो जमीनतिर १० देखि १२ प्रतिशत र सिँचाइयोग्य जमीनमा चारदेखि पाँच प्रतिशतसम्म उत्पादन ह्रास हुन सक्ने बताए ।

जिल्लामा अरू जिल्लाभन्दा बाँझो जमीन छाड्ने प्रचलन कम रहेको र जिल्लामा १२ हजार टन खाद्यान्न जहिले पनि अभाव हुने भएकाले रु ४२ करोडको खाद्यान्न बाहिरबाट आयात हुने गरेको उनले जानकारी दिए । सुर्मा, साइपाल, मष्टा, छविसपाथीभेरा  र वित्थडचिर गाउँपालिका खाद्यान्न असुरक्षाकोे तथ्याङ्कमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से