१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेवा किनारमा रेलिङ नराख्न अधिकारकर्मीको माग

२१ माघ २०७७, बुधबार ०८:५६

माघ २१, कास्की । पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो । 

सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जालका पोखरा–६ का  अध्यक्ष अनिल थापा र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीले उक्त कार्य रोक्न पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्रसमेत बुझाउनु भएको थियो । प्रमुख जिसीले फेवातालको सौन्दर्य असर पार्ने कार्य महानगरबाट नहुने जनाउँदै वस्तुुस्थिति बुझेर कार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सम्पदा अधिकारकर्मी अधिकारीले  प्राकृतिक सम्पदामा पार्ने दीर्घकालीन असरलाई ध्यान नदिई व्यापारिक प्रयोजनका लागि रेलिङ लगाउन दिनु उपयुक्त नभएको बताउनुभयो । “फेवातालको जुन सुन्दरता छ, त्यसलाई प्राकृतिकरुपमा नै छोड्नुपर्छ, कृत्रिम कुरा धेरै हुन थाले, यसले प्राकृतिक सम्पदाको दोहन गर्छ र फेवातालको सुन्दरता गुम्छ”, उहाँले भन्नुभयो, “सिमसार क्षेत्रमा सूचीकृत एवम् पोखराको प्राकृतिक सम्पदाको गहना फेवाताल कुुरुप बनाउने कार्य तथा वातावरणमैत्री क्रियाकलापप्रति बेवास्ता गर्दै विज्ञापन प्रयोजनका निम्ति आर्थिक प्रलोभनमा यस्ता कार्य भएका छन् यसलाई रोक्नुपर्छ ।” 

अधिकारीले पोखरा महानगरले फेवाताल, पाताले छाँगो, सराङकोट भ्यू टावर, सेती खोँच जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदालाई समेत ४० वर्षका लागि निजी क्षेत्रलाई भाडामा दिने तयारी गरेको उल्लेख गर्दै यसको पनि विरोध गरेको बताउनुभयो । “विज्ञ र सरोकारवालाको सुझावविना मनपरी तरिकाले भाडामा दिने कार्यले राम्रो नतिजा दिँदैन, त्यसैले पर्याप्त छलफल विना यस्ता कार्य गरिएमा यसको विरोध गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै