२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीमा सेनिटरी प्याड उत्पादन शुरु

२०७७, २२ माघ बिहीबार ०७:४२

माघ २२, डोटी  । महिनावारी भएका बेलामा प्रहयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो । 

मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ । सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरुको सहजताका लागि उक्त उद्योग सञ्चालनमा ल्याइएको शैलेश्वरी महिला समूहका पदाधिकारी तथा उद्योग सञ्चालक शारदा भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्याड नभएका कारण महिनावारी भएका अधिकांश छात्रा विद्यालय जान सकेका थिएनन, उनीहरुका समस्या समाधान गर्न तथा नियमित विद्यालय जान सकुन् भन्ने उद्देश्यले हामीले उद्योग सञ्चालनमा ल्याएका छौँ, महिनावारी भएका छात्रालाई विषेश सहज हुनेछ ।”

कम्तीमा पनि रु ११ लाख ५० हजारको लागतमा उक्त उद्योग सञ्चालन गरिएको उहाँ बताउनुभयो । उद्योगमा अहिले तीन कर्मचारीले पहिलोपटक ११  कामदारलाई प्याड बनाउने तालिम दिन शुरु गरिएको छ । जिल्लामै सेनिटरी प्याड उत्पान गर्न शुरु गरिएपछि प्याडको प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गएको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा छाउपडीको अवस्था र महिलाको आर्थिक आत्मनिर्भरलाई मध्यनजर गरी ती समस्या समाधान होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेनिटरी प्याड बनाउने उद्योगले राम्रो काम गरेको स्थानीयवासी तथा नेकपाका नेता नारद मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी र छाउपडीका कारण जिल्लाकै बदनाम थियो, महिनावारी भएका छात्रा स्कूल नै जाँदैन थिए, प्याड सहजरूपमा पाइने भएपछि छात्रा स्कूल पनि जानेछन्, जिल्लाको बदनाम पनि हट्नेछ ।”

यहाँ उत्पादित प्याड डोटी जिल्लासँगै छिमेकी जिल्लामा समेत निर्यात गर्ने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएर काम गरे राम्रो प्रभाव पर्ने  प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेनीटरी प्याड उत्पादन गुणस्तरीय तथा राम्रो गरिए बजारका लागि खोजी गर्नुपर्ने समस्या आउँदैन, राम्रो उत्पादन गरिए जिल्ला बाहिरसमेत निर्यात हुनेछ, महिलाका समस्या पनि समाधान हुनेछन् ।” पछिल्लो समय जिल्लामा सेनिटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा प्याड उत्पादन गर्ने उद्योग नभएका कारण यहाँका किशोरी तथा महिलाले देशका विभिन्न शहरका साथै भारतबाट निर्यात गरिएका सस्तो खालका सेनिटरी प्याड प्रयोग गर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय लक्ष्मी रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामै प्याड उत्पादन गर्ने उद्योग थिएन, हामीलाई प्याड नभइ नहुने, वर्षौँदेखि हामीले भारत तथा देशका विभिन्न शहरबाट सस्तो प्याड किनेर प्रयोग गर्दै आएका थियौँ, त्यही पनि सबैलाई पहुँच थिएन, अब त्यो समस्या पनि हटेको छ ।” उहाँका अनुसार अझै पनि जिल्लाको ग्रामीण भेगका किशोरी तथा महिलाले महिनावारी भएको बेला प्याडका रूपमा रुमाल, घरेलु कपडालगायतका वस्तु प्रयोग गर्न बाध्य भएका छन् ।

जिल्लामा उत्पादन भएका सेनिटरी प्याड जिल्लाका सबै स्थानीय तहमा बिक्री वितरण गरी त्यसपछि मात्रै जिल्ला बाहिर निर्यात गरिनुपर्ने कांग्रेस नेत्री पार्वती चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका शहरबजारभन्दा पनि गाउँघरमा प्याडको बढी खाँचो छ, यहाँ उत्पादन भएका प्याड पहिला गाउँगाउँमा पु¥याउने र त्यसपछि मात्रै जिल्ला बाहिर पठाए निकै राम्रो हुनेछ ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो