२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

११ एयरलाइन्सलाई बक्यौता बुझाउन प्राधिकरणको अल्टिमेट,नबुझाए कालोसूचिमा राख्ने

२०७७, २६ माघ सोमबार ०६:४४

माघ २६, काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल बन्द अवस्थामा रहेका ११ एयरलाइन्स कम्पनीलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै तोकिएको समयमा रकम नबुझाए कालो सूचिमा राख्ने बताएको छ ।

उनीहरुले बुझाउनुपर्ने बक्यौता रकम पटक -पटक सूचना गर्दा पनि नबुझाएकाले पुनः ३० दिनको अल्टिमेटम दिएर बक्यौता बु्झाउन भनिएको हो । प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् । 

प्राधिकरणले तोकिएको समयभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने बताएको छ । सूचनामा भनिएको छ,तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्निने र प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवम् जमानी बस्नेहरुको जयजेथाबाट सरकारी बाँकी सरह असूल उपर गरिने छ ।'

प्राधिकरणका अनुसार नेकोन एयरका सञ्चालकहरुमा दिपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्द भक्त श्रेष्ठ, रविन्द्र श्रेष्ठ, नगेन्द्र जोशी, भरतराज उप्रेती, कृष्ण श्रेष्ठ र गोपाल सुन्दर कक्षपती रहेका छन् । सो एयरलाइन्सले प्राधिकरणलाई ४ करोड ७० लाख ६० हजार ७५५ रुपैयाँ तिर्न बाँकी रहेको छ । 

यसैगरी शिवानी एयरका मणिन्द्र लाल रंजितकारले ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ भने अल्पाइन एयरका सञ्चालकहरु प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल, महेश्वर भक्त श्रेष्ठले ७२ हजार ७२८ रुपैयाँ बक्यौँता तिर्न बाँकी रहेको छ । 

गोरखा एयरका सञ्चालकमा प्रज्वल श्रेष्ठ र उज्वल श्रेष्ठ रहेको प्राधिकरणले जनाएको छ । उक्त एयरले २० लाख ३५ हजार २९ रुपैयाँ तिर्नु रहेको छ । यसैगरी कर्णाली एयरले १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी रहेको छ भने सो एयरका सञ्चालकमा नारायण सिंह पुन र सविना राई पुन रहेका छन् । 

यसैगरी प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा, शिवेन्द्र बहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले १२ लाख ७३ हजार ६९४ रुपैयाँ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ तिर्नुपर्ने देखिएको छ । 

सांग्रिला एयरमा एक दर्जनको हाराहारीमा सञ्चालक रहेकोमा सो एयरले १५ लाख ३७ हजार ८०० बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । सो एयरको सञ्चालकमा महेशमान सिंह, रञ्जु सिंह, किशोर सिलवाल, उदय विश्वम्भर दास श्रेष्ठ, सुशीलमान सिंह, राजेन्द्रलाल मास्के, उस्वी श्रेष्ठ, ज्ञान बहादुर श्रेष्ठ, उषा प्रधान, एकराज जंग थापा, शोभा मास्के, रतनबहादुर लामिछाने, रेखा श्रेष्ठ र सुधा भट्टराई रहेका छन् । 

यसैगरी स्काइलाइन एयरवेजले पनि १५ लाख ५० हजार ४ सय बक्यौता दिनुपर्ने देखिएको छ । सो एयरवेजको संचालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेन्जिङ नोर्बु शेर्पा र यादव खरेल रहेका छन् ।

यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर (कतार) रहेका छन् भने उनीहरुले ७ लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । यस्तै नेपाल एयरवेजका प्रदिप जंग राणाले ५ लाख ५० हजार ५४ रुपैयाँ बक्यौता रहेको छ । 

यस्तै प्राधिकरणले हाल सञ्चालनमा रहेका वायुसेवा कम्पनीलाई समेत नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो