११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेक्का सम्झौताको दुई वर्षपछि कोटेश्वर–कलङ्की खण्डमा पुल निर्माण शुरु

२७ माघ २०७७, मंगलवार १२:३१

माघ २७, काठमाडौँ  । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि शुरु हुन लागेको छ । छ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन स्थानमा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षहरुमा निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । 

चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो सडकमा नेपाल सरकारले एक÷एक किलोमिटरको दूरीमा पर्ने गरी छ स्थानमा आकासेपुल निर्माण शुरु गरेको थियो । महालक्ष्मीस्थान, बल्खु र सानेपामा अहिले यी पुलको डिजाइन सच्याएर निर्माण अघि बढाइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीका कारणले नभएर यी पुल निर्माण सडक विभाग र योजना कार्यालयकै कारण ढिलाइ भएको हो । यी पुलको निर्माण एउटै कम्पनीमार्फत भइरहेको छ । 

डिजाइनको समस्या हटाइएकाले अब लामो समय नलाग्ने उहाँले बताउनुभयो । गत महिनामा अवधि सकिएको भए पनि पुल निर्माणमा थप छ महिना थपिएको छ । उहाँले भन्नुभयो, “असार मसान्तसम्ममा नै पुल निर्माण भइसक्ने देखिएको छ ।” यसअघि नै सातदोबाटो, बालकुमारी र एकान्तकुनामा पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको छ । 

चीन सरकारको सहयोगमा निर्माण भएको सो सडकमा पहिले तीन स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने गरी डिजाइन तयार भएको थियो । सोही आधारमा चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्काे र बागडोल गरी तीन स्थानमा पुलको निर्माण गरेको थियो । आठ लेन चौडाइको सो सडकमा सवारी साधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप आकाशे पुलको आवश्यकता भएको भन्दै विभागले थप छ स्थानमा पुल निर्माण अघि बढाएको थियो । 

चीन सरकारले सडक हस्तान्तरणपछिको एक वर्ष मर्मत अवधि चलिरहँदा विभागले पुल निर्माण शुरु गरेको थियो । चक्रपथको पहिलो खण्डमा कम सङ्ख्यामा पुल भएकाले समस्या भएकाले विभागले विस्तारको क्रममा रहेको चक्रपथको दोस्रो खण्ड (कलङ्कीबाट गोपीकृष्ण हल अगाडिसम्म) प्रत्येक एक किमीमा एउटा आकाशेपुलको प्रस्ताव गरेको छ । झण्डै १० किमी लम्बाइको सडकमा नौ आकाशे पुल निर्माण गर्ने गरी डिजाइन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह