११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकसेवाले माग्यो ४ सय ६८ कर्मचारी, फागुन २५ गतेसम्म दरखास्त दिन पाइने

२८ माघ २०७७, बुधबार ०७:२५

माघ २८, काठमाडौं । लोकसेवा आयोगले स्वास्थ्य सेवामा साढे ४ सय बढी कर्मचारीको माग गरेको छ । आयोगले स्वास्थ्य सेवाको पाँचौं तहका पदका आन्तरिक प्रतिस्पर्धा, खुल्ला र समावेशीको लागि ४६८ जना कर्मचारीको माग गरेको हो ।

आयोगले निजामती सेवातर्फ प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौंमा प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको उम्मेदवारहरूबाट दरखास्त दिन आह्वान गरेको छ । साथै, तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवदेन दिन सक्नेछन्  ।

लोकसेवा आयोागले धनकुटा कार्यालयको लागि विभिन्न पदका लागि ७४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, जलेश्वर कार्यालयमा ४२ जना, काठमाडौं कार्यालयमा १ सय ८३ जना, पोखरा कार्यालयमा ५९ जना, बुटवल कार्यालयमा ४९ जना, सुर्खेत कार्यालयका लागि ३५ जना र दिपायल कार्यालयमा २६ जना रहेको छ ।

आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । जसमा समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि २ सय रुपैयाँ बुझाउनु पर्नेछ  । आयोगले आजको मितिदेखि आगामी फागुन १८ गतेसम्म दोब्बर दस्तुर तिरेर फागुन २५ गतेसम्ममा दरखास्त मिति तोकेको छ । साथै, आयोगले परिक्षाको किसिममा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने जनाएको छ ।

यस्तै, परीक्षाको केन्द्र विज्ञापनसँग सम्कन्धित आयोगका कार्यालयहरुमा तोकिएको छ । जसमा लोकसेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा हुने जनाएको छ । साथै, सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो