२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकसेवाले माग्यो ४ सय ६८ कर्मचारी, फागुन २५ गतेसम्म दरखास्त दिन पाइने

२०७७, २८ माघ बुधबार ०७:२५

माघ २८, काठमाडौं । लोकसेवा आयोगले स्वास्थ्य सेवामा साढे ४ सय बढी कर्मचारीको माग गरेको छ । आयोगले स्वास्थ्य सेवाको पाँचौं तहका पदका आन्तरिक प्रतिस्पर्धा, खुल्ला र समावेशीको लागि ४६८ जना कर्मचारीको माग गरेको हो ।

आयोगले निजामती सेवातर्फ प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौंमा प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको उम्मेदवारहरूबाट दरखास्त दिन आह्वान गरेको छ । साथै, तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवदेन दिन सक्नेछन्  ।

लोकसेवा आयोागले धनकुटा कार्यालयको लागि विभिन्न पदका लागि ७४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, जलेश्वर कार्यालयमा ४२ जना, काठमाडौं कार्यालयमा १ सय ८३ जना, पोखरा कार्यालयमा ५९ जना, बुटवल कार्यालयमा ४९ जना, सुर्खेत कार्यालयका लागि ३५ जना र दिपायल कार्यालयमा २६ जना रहेको छ ।

आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । जसमा समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि २ सय रुपैयाँ बुझाउनु पर्नेछ  । आयोगले आजको मितिदेखि आगामी फागुन १८ गतेसम्म दोब्बर दस्तुर तिरेर फागुन २५ गतेसम्ममा दरखास्त मिति तोकेको छ । साथै, आयोगले परिक्षाको किसिममा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने जनाएको छ ।

यस्तै, परीक्षाको केन्द्र विज्ञापनसँग सम्कन्धित आयोगका कार्यालयहरुमा तोकिएको छ । जसमा लोकसेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा हुने जनाएको छ । साथै, सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश