८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ? यसरी लिनुस् सुविधा

२८ माघ २०७७, बुधबार ११:०२

माघ २८, काठमाडौँ । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ।  यसलाई मध्येनजर गर्दै नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ। 

नेपाल टेलिकमले ग्राहकहरुको आवश्यकता अनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवाहरु उपलब्ध गराइरहेको छ। 

एसएमएस अलर्ट

विभिन्न मोबाइल नम्बरमा कुनै विषयवस्तुका बारेमा जानकारी दिनुपर्ने र अर्कोतिरबाट कुनै उत्तरको अपेक्षा नहुने अवस्थामा एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक कारोबारको बारेमा जानकारी दिन, पेमेन्ट पक्का भएको जानकारी दिन, आफ्नो व्यवसायको जानकारी दिन र व्यापार प्रवद्र्धन गर्न उपयुक्त हुने सन्देश पठाउनका लागि समेत एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ । 

कुनै सेवाप्रदायकले यो सेवा लिनुभन्दा पहिले यसको प्राविधिक परीक्षण गर्नुपर्छ। सम्बन्धित सेवा प्रदायकलाई यसका लागि ‘अलर्ट नेम’ प्रदान गरिन्छ। त्यही ‘अलर्ट नेम’बाटै संघ/संस्थाहरुले मोबाइलमा एसएमएस पठाउन सक्दछन्। 

एसएमएस सर्टकोड

एसएमएस सर्टकोड प्रयोग गरी दोहोरो अन्तरक्रिया गर्न सकिन्छ। कुनै मोबाइलमा सर्टकोडमार्फत केही एसएमएस आयो भने एसएमएस पाउने ग्राहकले पनि सो जानकारीमूलक सामग्रीको बारेमा प्रतिक्रिया पठाउन वा थप जानकारीका लागि अनुरोध गर्न सक्छन्।

विभिन्न परीक्षाका नतिजा थाहा पाउन, विभिन्न विषयवस्तु बारेमा पोलिङ गर्न, भोटिङ गर्न, क्विज सर्भिस सञ्चालन गर्न र आफ्नो व्यवसायको बजारीकरण वा प्रवद्र्धन गर्न समेत यो सेवा उपयोगी हुन्छ। 

यो सेवा सञ्चालन पूर्व प्राविधिक परीक्षण गर्नुपर्छ र ५ अंकको सर्टकोडका लागि नेपाल दूरसञ्चार प्राधिकरणको पनि स्वीकृति लिनुपर्छ। यो सेवा सञ्चालन गर्ने ग्राहक वा सेवा प्रदायकलाई न्युमेरिक सर्टकोड अर्थात अंकमा आधारित सर्टकोड प्रदान गरिन्छ। अन्य व्यक्तिको मोबाइलमा एसएमएस जाँदा त्यही नम्बरबाटै गएको देखिन्छ। 

वेब–बेस्ड बल्क एसएमएस

वेबमा आधारित बल्क एसएमएस एक प्रकारको ब्रोडकास्ट सर्भिस हो। यसबाट उही सन्देश एकैपटक धेरै मोबाइल नम्बरमा पठाउन सकिन्छ।

विद्यालय, कलेज, व्यापारिक प्रतिष्ठान, साना व्यवसायी वा अन्य कुनैपनि संस्थाले यसको प्रयोग गर्न सक्छन्। थोरै समयमा सहज तरिकाले सस्तो दरमा धेरै व्यक्तिलाई एकैपटकमा एसएमएस पठाउन पाउनु नै यसको मुख्य विशेषता हो। 

अतिरिक्त परीक्षण बिना छोटो समयमै यो सेवा उपलब्ध गराउन सकिन्छ। यसका लागि सेवा प्रदायकलाई संस्थाको मिल्दोजुल्दो नाम ११ क्यारेक्टरमा नबढाई प्रदान गरिन्छ र त्यही नामबाटै धेरै नम्बरमा एसएमएस पठाउन सकिन्छ। 

सुविधा लिने प्रक्रिया

एसएमएस अलर्ट र सर्टकोड सुविधा उपयोग गर्न चाहने संस्थाको आफ्नै एसएमएस एप्लिकेसन वा सिस्टम हुनु आवश्यक छ।वेब–बेस्ड बल्क एसएमएस पठाउन चाहने संस्थाका लागि नेपाल टेलिकमले नै आवश्यक व्यवस्था मिलाइदिने हुनाले कुनै थप एप्लिकेसन वा सिस्टमको आवश्यकता पर्दैन। 

एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब–बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिक रुपमा अनुरोध गरिएको एउटा पत्र तयार गर्नुपर्छ। सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्छ। त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपी समावेश गर्नुपर्छ।

यी सम्पूर्ण कागजात सहित तयार गरिएको पत्रलाई कम्पनीको वेबसाइटमा पठाउन सकिन्छ वा नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ । वेब–बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भएपछि एसएमएस भोल्युम कोटाको आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनु पर्छ।

यसपछि नेपाल टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ। यसैको आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध