फागुन २, काठमाडौँ । माछापुछ्रे बैंकले ९० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले आइतबार विज्ञापन गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । बैंकले काठमाडौं र काठमाडौं बाहिरका शाखा कार्यालयका लागि म्यानेजमेन्ट ट्रेनी पदमा २० जना मागेको छ ।
यस्तै ७ वटै प्रदेशका लागि ट्रेनी जुनियर असिस्टेन्टमा ५० जना,जुनियर असिस्टेन्ट पदमा थप २० जना मागेको छ । फेब्रअुरी २८ तारिख साँझ साढे ५ बजेसम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ ।
७ वर्षको उमेर नकटेको, राम्रो अंग्रेजी बोल्न जान्ने र कम्पनीमा प्लस टु तहमा न्यूनतम ४५ प्रतिशत वा २.५ जीपीए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ ।