२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूमिसम्बन्धी आयोग डोटीका पदाधिकारीद्वारा पदभार ग्रहण

३ फाल्गुन २०७७, सोमबार ०८:१४

फागुन ३, डोटी । भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीका पदाधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । आयोगका अध्यक्ष गणेशबहादुर विष्ट, बिज्ञ झलकबहादुर पाली तथा सदस्य देशरत्न डागीले पदभार गर्नु ग्रहण भएको हो । अध्यक्ष विष्टले भूमिसम्बन्धी समस्या समाधानका लागि आफुहरुको प्रमुख दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भुमि सम्बन्धि लामो समयदेखिको समस्या समाधानमा हामी केन्द्रित हुने छौँ, सबैको साथ र सहयोग आवश्यक हुने छ ।”

यसैगरी उक्त आयोगका बिज्ञ तथा पत्रकार पालीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास नागरिकलाई व्यवस्थित गर्ने उद्देश्यका आयोग गठन गरिएको आफुहरु सोही अनुसारको काममा बढी खटिने जानकारी दिनुभयो । 

केआइसिंहमा पुग्यो बस 

केआइसिंह गाउँपालिका वाइलमा पहिलो पटक बस सेवा पुगेको छ । गाउँपालिका केन्द्र वाइलमा पहिलो पटक चारवटा यात्रुबाहक बस पुग्दा स्थानीयवासीले खुशी साटासाट गरी रमाइलो मनाएका छन् । 

जिल्ला सदरमुकाम सिलगढीबाट कम्तीमा पनि २२ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको उक्त ठाउँमा अहिलेसम्म पनि ठूलो गाडी पुगेको थिएन । सुदूरपश्चिम बस व्यवसायी समिति तथा शेलेश्वरी यातायात प्रालीले पहिलो पटक सार्वजनिक बस पु¥याएपछि स्थानीयवासीले चालकलाई खाँदा र अबीर माला लगाई बाजागाजासहित स्वागत गरेका थिए ।

गाउँपालिका केन्द्रसम्म बस पुगेपछि अब यात्रा गर्नका लागि सहज हुने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ । यसभन्दा पहिले उक्त क्षेत्रमा साना बोलेरो जीप मात्रै सञ्चालन हुँदै आएको थियो । बस पुगेसँगै यहाँका स्थानीयवासीले आपसमा नाचगान गरेर स्थानीय बासिन्दाले खुशीयाली मनाएको केआइसिंह गाउँपालिका दूल्लुका स्थानीयवासी शेरबहादुर ऐरले जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो,“लामो समयपछि हाम्रो गाउँपालिकामा बस पुगेको छ, यो भन्दा ठूलो खुशी अरु के हुनसक्छ र ?” पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको राजपुर बजारदेखि केआइसिंह गाउँपालिकाको बगरसम्म सडक कालोपत्र भएसँगै नागरिकको सहजताका लागि अहिले पालिकाको केन्द्र वायलसम्म बस सञ्चालन गरिएको शैलेश्वरीयातायात प्रालीका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।

 उहाँले भन्नुभयो, “अहिले केही ठाउँमा कालोपत्र पनि भएको र त्यहाँका नागरिकले बस सञ्चालनका लागि आग्रह गरेपछि उहाँहरुको सहजताका लागि हामीले बस सञ्चालन गरेका छौँ, सबै खुशी भएका छन् ।” वाइलबाट अब दैनिक बस सञ्चालनको तयारी भइरहेको कार्यालय प्रमुख रावलले जानकारी दिनुभयो ।

पहिलो पटक गाउँमा बस लिएर आएका शैलेश्वरी यातायात प्रालीका चालकलाई खुशी लागेपछि आफूहरूले गाडीका चालकलाई खाँदा र अबीर लगाई स्वागत गर्दै नाचगान गरेको केआइसिंह गाउँपालिकाका अर्का स्थानीयवासी लक्ष्मण पाण्डेयले बताउनुभयो ।उहाँले भन्नुभयो, “कहिले बस आउला र चढौला भनेर आस गरेर बसेका थियौँ, शैलेश्वरी यातायातका चालकले बस ल्याएपछि हामी खुशी भएर स्वागत गरेका हौँ ।” शहरबाट गाउँ र गाउँबाट शहर बजार हिँड्ने बेलामा कठिनाइ भइरहेको अवस्थामा पहिलो पटक गाउँमा नै गाडी पुगेकोमा यहाँका बासिन्दा अत्यन्त खुशी भएका छन् । 

उनीहरुले अब यहाँबाट नियमित बस सञ्चालन गर्न मागसमेत माग गरेका छन् । यहाँका नागरिकले विगतको समयमा सडक सुविधा भए पनि खासै गाडी नचल्ने गरेका कारण सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर र पिपल्ला बजारसम्म पुग्नको लागि पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको थियो । अहिले यात्रुबाहक बस नै पुगेपछि उनीहरुले सधैँ बस सञ्चालन हुने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् । 

केआइसिंह गाउँपालिकाबाट नियमित बस सञ्चालनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक हाम्रो गाउँपालिकामा बससेवा पुगेको छ, यसको निरन्तरताका लागि गाउँपालिकाबाट पहल गर्ने छौँ ।” नियमित बस सेवा सञ्चालनका लागि गाउँपालिका केन्द्र वाइलमा टिकट काउण्टरको व्यवस्थाका लागि प्रयास भइरहेको शैलेश्वरी यातायात प्रालीका अध्यक्ष गणेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैको पहलमा बस सेवा दिन सुचारु गरेका छौँ, टिकट काउण्टरदेपखि अन्य व्यवस्थापनका लागि पहल भइरहेको छ, अब नियमित बससेवा दिने प्रयासमा छौँ ।” यात्रुहरुको माग तथा चापको आधारमा उक्त क्षेत्रमा थप बसको बेवस्था पनि गरिने अध्यक्ष मलासीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी