फागुन ४, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा प्रतितोला रु २ सयले बढेर छापावाल सुनको मूल्य ९० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको मूल्य ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।
हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ २० रुपैयाँ बढेर तोलाको एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।