२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि

२०७७, ४ फाल्गुन मंगलवार ०८:२०

फागुन ४, स्याङ्जा । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा  यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ  ।

क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर प्रमुख छायाराम खनालले जानकारी दिनुभयो । 

आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न, उत्पादित आलुको बजारीकरण गर्न र आलुका परिकारका बारेमा जानकारी दिन महोत्सव गरिने भएको उहाँले बताउनुभयो । महोत्सवस्थलमा आलुको खरीदबिक्री, विभिन्न परिकार बनाएर  स्वाद दिइने लक्ष्य आयोजकको छ । “आलु उत्पादनका दृष्टिले यो क्षेत्र उर्वरभूमि पनि हो, परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई थप आधुनिकीकरण र व्यवसायितकता तर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेका थियौं” नगर प्रमुख खनालले भन्नुभयो, “पकेट क्षेत्रमा तीन वटा आलु ब्लक बनाएर सामूहिक र व्यक्तिगतरुपमा तीन सय रोपनी क्षेत्रफलमा आलु लगाइएकोमा उत्पादन पश्चात खन्न शुरु भएको हो ।”

नगरपालिकाले आलु खेतीका लागि ५० प्रतिशत अनुदानमा आलुको बीउ, आवश्यक कीटनाशक औषधि तथा तालीम दिएको थियो । दुई दिनसम्म चल्ने महोत्सवमा आलुका विभिन्न परिकारको प्रदर्शनी, आलुका परिकार बनाउने सीपकाबारेमा जानकारी गराइने तयारी भएको भिरकोट–५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

“स्वादका दृष्टिले र गुणस्तरियताका आधारमा यस ठाउँमा राम्रो आलु फल्ने गरेको छ” उहाँले भन्नुभयो, “आलु खेतीको सम्भावना, प्रचारप्रसारका साथै यहाँको किसानको हौसला बढाउनका लागि महोत्सवले राम्रो सन्देश दिने विश्वास लिएको छु ।” महोत्सवको तयारीका लागि विभिन्न उपसमिति बनाएर अगाडि बढिएको छ । करीब दुई सय कृषकले सामूहिक र व्यक्तिगतरुपमा २१८ रोपनी क्षेत्रफलमा आलुखेती गरेका किसान रामकृष्ण अर्यालले बताउनुभयो । 

“अहिले सबै जना किसान खेतमै आलु खन्न व्यस्त हुनुहुन्छ” उहाँले भन्नुभयो, “यहाँ शुद्ध बीउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।”यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलुको खरीदबिक्री गर्न तथा आलुका विभिन्न परिकार बनाउनका लागि आयोजना गरिएको महोत्सवले थप हौसला जागेको छ । 

भीरकोटले नगरभित्रका आलुखेती हुने ठाउँलाई १२ पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको थियो । नगरपालिकाभित्रका किसानलाई आवश्यकपर्ने आलुका बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराएको नगरपालिकाका कृषि समिति संयोजक दीपेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । 

 नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बीउ अनुदानमा वितरण गरेको थियो । नगरपालिकाले उक्त ठाउँमा एकै जातको मकै र धान बाली लगाउने अभियान समेत थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश