२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बढैयाताल र रानीतलाउ पर्यटकीय गन्तव्य बन्दै

२०७७, ५ फाल्गुन बुधबार ०७:२२

फागुन ५, बर्दिया । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रुपमा विस्तार गर्ने उद्देश्यले हाल धमाधम काम भइरहेको छ । यो ताललाई सरकारले पर्यटकीय गन्तत्वका रुपमा समेत सूचीकृत गरेको छ । मुलुकभरका २०० पर्यटकीय गन्तव्यमा यो ताल पनि पर्न सफल भएको छ । 

बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ । तालमा पिकनिक रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, भ्युटावर निर्माण भइसकेका छ भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।  

बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालका रुपमा रहेको छ । बाहै महिना तालमा पानी जम्मा भइरहने तालको मुख्य विशेषता हो । विभिन्न थरीका माछा, कमलको पूmल, घाँसेमैदान, चराचुरुङ्गीको बासस्थानले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । यसका साथै ताल क्षेत्रमा अरबियन सागरबाट चराहरू आउने भएकाले यसको आकर्षण अभैm बढेको छ । बढैयातालकै नामबाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

केही वर्षअघि सम्म तालमा ठेक्कामा माछापालन हुँदै आएको थियो । माछापालनले गर्दा तालको विकास पछि पर्दै गएको थियो । गाउँपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि अहिले तालको विकासले फड्को मारेको देखेर स्थानीयवासी पनि खुशी भएको बढैयागाउँका स्थानीयवासी मेहिलाल थारू बताउनुहुन्छ । 

यो ताल गाउँपालिका–५ र ४ का बीचमा रहेको छ । ताल क्षेत्रमा थारू समुदायको बाक्लो बस्ती छ । थारू समुदायको पहिचानसँगै बढैयातालको इतिहास पनि जोडिएको छ । बढैयातालको विकाससँगै तालमा थारू सङ्ग्रहालय बनाउने योजनाले स्थानीयवासीको चासो झन् बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।  

यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशकअघि सम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेहरूको सङ्ख्या बढदै गएको छ ।  

स्थानीय तह गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरूपमा विकसित गर्दै लगिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाको करीब रु २५ लाखको लागतमा पुनर्निर्माण गरेको पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश