८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ

६ फाल्गुन २०७७, बिहीबार ०५:२६

फागुन ६, रसुवा । यथेष्ट  जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको   उपकरण जडान  गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो 

। उपकरण जडान छिटो सम्पन्न गराउन उक्त कम्पनीलाई ताकेता गरिए पनि यथेष्ट जनशक्ति अझै उपलब्ध नगराएको रसुवागढी जलविद्युत् आयोजनाले बताएको छ । भूमिगत संरचनाको विद्युत् गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्राय पूरा भइसकेको अवस्थामा भोइथ इण्डियाले चरम ढिलासुस्ती गर्दा टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भइरहेको कार्यरत प्राविधिक हरूले बताएका छन् । 

भोटेकोसीको पानीलाई सदुपयोग गर्दै १११ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन २०१४ देखि निर्माण कार्य शुरू भएको रसुवागढी जलविद्युत् आयोजनामा निर्माण गर्नुपर्ने चार हजार १८५ मिटर सुरूङ गत २०७६ साल भदौ ४ गते देखि तयार भइसकेको अवस्थामा पछिल्लो समय उपकरण जडानको ढिलासुस्तीले चिन्ता बढाएको प्राविधिकको भनाइ छ ।

प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीन वटा फ्रान्सिस टरवाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथ इण्डियाले कोभिड–१९ को कारण दर्शाउँदै आलटाल गर्दैआएको बताइन्छ ।

सुरूङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सिडब्लुईले छिटोछरितो आफ्ना काम अगाडि बढाइरहेको र कामदारलगायत सबैको हितका लागि विद्युत् आयोजनाको तर्फबाट कोभिड–१९ बाट सुरक्षित पार्ने क्वारेन्टिनका साथै उपचारको व्यवस्थासमेत मिलाइसकेको अवस्थामा उपकरण जडानकर्ता भोइथ इण्डिया गैर जिम्मेवारी हुँदै गएको आभाष आउन थालेको आयोजनामा कार्यरत  प्राविधिकहरू बताउँछन् ।

आगामी २०७९ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नु पर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको बताउँदै आयोजनाका प्रमुख छवि गैह्रेले यथेष्ट जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो । विद्युत्गृृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ ।

कर्मचारी सञ्चयकोषको ऋण सहयोगअन्तर्गत ब्याजबाहेक रू १३ अर्ब ६५ करोडको लागतमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले समग्रमा ८० प्रतिशत प्रगति पूरा गरिसकेको समेत आयोजना प्रमुख गैह्रेले जानकारी दिनुभयो । ब्याजको व्ययभार कम गर्न प्राप्त गरिने ऋण कार्यप्रगतिको आधारमा किस्ता किस्ताको दरले लिने गरेको आयोजनाले बताएको छ ।

यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्राय पूरा भएको, ७१३ मिटर लम्बाइको टेलरेस सुरूङको ब्रेकथ्रु सम्पन्न भई थोरै भागको सफाइ गर्न बाँकी रहेको र १६ मिटर चौडाइ र ६१ मिटर उचाइको सर्च ट्याङ्को निर्माण कार्य भइरहेको छ । बालुवा थिग्र्याउने डिसेन्ड्री पोखरीमा जडानका लागि चीनबाट मगाइएका सामग्री भने कोरोनाका कारण केरूङमा रोकिएको र ल्याउने प्रक्रिया अगाडि बढेकोले उक्त पोखरी छिट्टै सम्पन्न हुने बताइएको छ ।

निर्माणका क्रममा बाहिरी भागमा केही असहज भए पनि भूमिगत संरचना भएका कारण वातावरणीय हिसाबले रसुवागढी जलविद्युत् आयोजना दिगो र भरपर्दाे  हुने वातावरणविद् तेज साउथले बताउनुभयो । निर्माणमा ३० जना प्राविधिक एवं ४३० मजदुर कार्यरत छन् । ती मध्ये ७० जना चिनियाँ नागरिक रहेको आयोजनाले जानकारी दिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध