२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत सूचना प्रणाली सञ्चालन

२०७७, ६ फाल्गुन बिहीबार ०५:३९

फागुन ६, विराटनगर । विराटनगर महानगरपालिकाले विपद्् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विपद्का घटना, दुुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिएका छन् । 

पोर्टलमा गएका छ महिनामा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटनाका विवरण तथा न्यूनीकरणका लागि स्थानीयवासीका सल्लाह र सुुझाव समावेश गर्ने व्यवस्था मिलाइएको छ । पोर्टलमा आगलागी, बाढी, भूकम्प, दुुर्घटना, प्रदूषण तथा भूक्षयजस्ता गरी ४९ प्रकारका विपद्का घटना कहिले ? कुुन ठाउँमा भयो ? भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।

महानगर प्रमुुख भीम पराजुुुलीले पोर्टलको शुुभारम्भ कार्यक्रममा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि उपयोगी हुुने बताउँदै नगरमा यस कार्यका लागि प्रत्येक वडामा समिति गठन गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि पोर्टललाई कसरी उपयोगी र प्रभावकारी बनाउने भन्ने विषय सबैको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । 

गृहमन्त्रालयको संयोजनमा ११ वटा मन्त्रालय र विभागको सहकार्यमा सञ्चालनमा ल्याइएको सो प्रणाली महानगरले विधिवत्रुपमा शुुभारम्भ गरेको नगर विपद् व्यवस्थापन सम्पर्क अधिकृत राजेन्द्र प्रधानले जानकारी दिनुभयो । पोर्टल विज्ञ प्रदीप खतिवडा तथा महानरपालिकाका सूचना शाखा अधिकृत अर्चना कर्णले पार्टलको प्रभावकारिता र यसले गर्ने कार्यका सम्बन्धमा जानकारी दिनुुभएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश