२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिकित्सा संघले तोकेको बिरामी जाँच शुल्क सम्बन्धि स्वास्थ्य मन्त्रालयको असहमति

२०७७, ६ फाल्गुन बिहीबार १२:३०

फागुन ६, काठमाडौँ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले तोकेको बिरामी जाँच शुल्क सम्बन्धि स्वास्थ्य मन्त्रालयले असहमति जनाएको छ । बिहिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै परामर्श शुल्क सम्बन्धी मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको शुल्क वृद्धि अवस्थामा र मन्त्रालयसंग कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।

आवश्यक थप गृहकार्य र मन्त्रालयसंग परामर्श गरे मात्र निर्णय गर्न उचित हुने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् । उनले यसरी निर्णय लिँदा सर्वसाधारणमा थप दुविधा उत्पन्न भइ सेवामा असर पुग्न सक्ने बताए ।

मन्त्रालयले विश्वव्यापी रूपमा विद्यमान कोभिड १९ संक्रमणले निम्त्यएको आर्थिक सिथिलता समेतलाई मध्यनजर गर्दै चिकित्सकहरूको परामर्श शुल्क २०७१ भाद्र ११ गते मन्त्रालयको पत्रानुसार नै कायम रहेको जानकारी गराएको छ  ।

निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको न्यनूतम पारिश्रमिक, अस्पतालहरूको सेवा शुल्क र परामर्श शुल्क समेतको समय सापेक्ष परिमार्जन गर्न सरोकारवालाहरूसंग छलफलका लागि मन्त्रालय तयार रहेको विज्ञप्ति मार्फत जनाएको छ ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता नजनाएको भन्दै अफिन र नेपाल चिकित्सक संघको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश