फागुन ७, काठमाडौँ । शुक्रबार ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आइपीओ बाँडफाँट गरेको छ । आवेदकमध्ये ३ लाख २५ हजार १६३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने २ जनाले ११-११ कित्ता सेयर हात पारेका छन् ।
कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ । ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये ६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधरणका लागि आइपीओ निष्कासन गरेको थियो ।