११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाँउपालिकामा ईन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या

१३ फाल्गुन २०७७, बिहीबार ०५:१४

दान बहादुर बुढा । फाल्गुन १३, मुगु । जिल्लाको मुगु कार्मारोङ्ग गाँउपालिकामा  ईन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या आएको छ । गाँउपालिकामा जडान गरिएको वल्र्डलिंकको ईन्टरनेट टावरले राम्रो सँग काम नगर्नु र यसको क्षमता पनि कम भएकाले गाँउपालिकाको सेवा प्रवाहमा समस्या आएको हो ।

बिश्व ईन्टरनेटमा चलिरहेको बेला नेपालमा पनि पछिल्ला समयमा गाँउपालिकाको काम लगाएत अन्य काम धेरै जसो  ईन्टरनेट बाटै काम गर्नु परेकाले सहजै रुपमा ईन्टरनेटले काम नगर्दा यहाँका कार्यालयको काम गर्न कर्मचारीहरुलाई सास्ती भएको छ ।

 गाँउपालिकाका विषयगत शाखाहरुमा ईन्टरनेट मार्फत काम गर्नुपर्ने र ति मध्ये बढि मात्रा स्वास्थ्य शाखा,प्रशासन शाखा,लेखा शाखा र पञ्जिकरण शाखामा अत्याधिक ईन्टरनेटको आवश्यकता पर्ने हुनाले सहजै रुपमा काम नगर्दा र गाँउपालिकामा सेवा लिन आएका सेवाग्राही लाई पनि धैरे बेर सम्म कुराउनु पर्ने कुनु पर्ने अवस्था आएको मुगुम कार्मारोङ्ग गाउपालिकाका पञ्जिकरण सेवा ईकाईका एम.आई.एस अपरेटर अर्जुन बुढाले बताए ।

बुढाका अनुसार आफु रहने शाखामा बढि मात्रा ईनटरनेट मार्फत काम गर्नु परेको र यस शाखाबाट प्रवाह हुने सामाजिक सुरक्षा भत्ता,जन्म,मृत्यु,बिवाह,बसाईसराई लगायत गाँउपालिका बाट प्रवाह हुने सेवाहरु डाटा ईन्ट्री ,गर्नु परेकाले उपयुक्तसँग ईन्टरनेटले काम नगर्दा निकै सास्ती भोग्नु परेको बताएका छन ।

गाँउपालिकामा ईन्टरनेटले रोम्रो सँग काम नगर्दा सेवा प्रवाह लाई छिटो छरितो र सेवामुखि बनाउनको निम्ति यस गाँउपालिका बाट एक दिनको पैदल यात्रा गरेर सदरमुकाम गमगढी बजार गएर पनि सेवा प्रवाह गरेको एक आई एस अपरेटर बुढाको बताएका छन ।

गाँउपालिकामा सुविधा सम्पन्न भवन निर्माण भएता पनि गतिलो सँग ईन्टरनेटले काम नगर्दा यहाका कर्मचारीहरुले सास्ती खेपिरहेका छन । भौगोलिक विकटता र सञ्चार क्षेत्रले पछि रहेको कर्णाली प्रदेशको जिल्ला मुगुमा हाल सम्म पनि उस्तै कथा रहेको छ ।  

सदरमुकाम गमगढी बजार देखि करिब एक दिनको बाटो टाढा रहेको मुगुम कार्मारोङ्ग गाउपालिकामा हाल सम्म शिक्षा , स्वास्थ्य , सञ्चार लगायत भुगालले ठगेको यस गाँउपालिकामा उस्तै समस्या रहेकोहुनाले आउदा दिनहरुमा ईन्टरनेट सेवा  लगाएत अन्य सेवाहरु सुधार गर्नको लागी गाँउपालिकाका जनप्रतिनिधी र आफु सरोकारवाला निकायसंग हरदम पहलको लागी रहेको मुगमकामारोé  गाँउपालिकाका प्रमुख प्रशासकृय अधिकृत तिर्थ बहादुर कठाएतले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह