२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

२०७७, १३ फाल्गुन बिहीबार ०८:०१

फागुन १३, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरुले ज्याला नपाएका हुन् ।

विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम नगरपालिकाले भुक्तानी गरिसक्दा पनि आफूहरुले ज्याला नपाएको मजूदर भीमबहादुर रौलेले बताउनुभयो । नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को आठ लाख रकम बिल अनुसार भुक्तानी गरेको भए पनि काम गर्ने मजदूरले भने ज्याला नपाएको उहाँको गुनासो छ । 

उपभोक्ता समितिका अध्यक्ष सुशीला रौलेले रकम बुझेर ल्याएको भए पनि आफूलाई ज्याला नदिएको अर्का मजदूर अमृत देउवाको भनाइ छ । काम गरेको एक वर्षसम्म पनि पर्खाल निर्माण समितिका पदाधिकारीले सरकारी दर रेटअनुसार नदिएको ज्यालामा विवाद आएको छ । उनीहरुले काम गरेको भए पनि श्रमको ज्याला पाउन सकेका छैनन् । पटकपटक पर्खाल निर्माण समितिसँग  काम गरेको ज्याला माग्दा थोरै रकम दिने र सरकारी दररेटको रकम नदिने मजदूर देउवाले रासससँग दुखेसो पोख्नुभयो । उहाँले पर्खाल निर्माणको ज्याला नपाएको भन्दै बूढीगङ्गा नगरपालिकाको न्यायिक समितिमा उजूरी गरेको भए पनि कुनै सुनुवाइ नभएको पनि बताउनुभयो । 

नगरपालिकामा दिएको उजूरी न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उप प्रमुख तारा खातीले वडामै मिलाउन भनेर उजूरी फिर्ता गरेको देउवाको छ । विद्यालयको पर्खाल निर्माण समितिका अध्यक्ष तथा पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला रौलेले पर्खाल निर्माण उद्घाटनका बेला तत्कालीन प्रधानाध्यापक रामबहादुर रावलले सरकारी दररेटका कुरा उठाएकाले मजदूरले पनि सोही दररेटमा ज्याला पाउनुपर्ने माग राख्दै काम गरेको रकम बुझ्न नमानेको बताउनुभएको छ । 

नगरपालिकाको प्राविधिकले बनाएको इष्टमेट अनुसार काम नभएकाले सम्झौता भए अनुसारको रु ८ लाख भुक्तानी नभएकाले प्रतिव्यक्ति रु ३५० का दरले दिने सहमति भएको र केही व्यक्तिले सो रकममा सहमति नजनाएकाले उनीहरुले एक महिनादेखि ज्याला नलिएको उहाँले स्वीकार गर्नुभयो । पटकपटक ज्याला बुझ्न बोलाउँदा र छलफल गर्दा समेत सरकारी दररेट ९५० का दरले काम गरेको रकम पाउनुपर्ने मजदूरले अडान लिएपछि ज्याला दिन नसकेको अध्यक्ष रौलेको भनाइ छ । उहाँका अनुसार ज्याला नलिनेमा २१ मजदूर छन् । तीमध्ये वीरसिङ्गे रौले, भीमबहादुर रौले, राजेन्द्र रौले, बलबहादुर रौले चन्द्रबहादुर रौलेलगायतका छन् । 

यस्तै ज्याला नपाउनेमा चक्र शाह, उद्धव रौले, भरत रौले, प्रकाश रौले, प्रेमबहादुर रौले, अमृत देउवा, चन्द्रदेव जैशी र मोतिलाल जैशी छन् । यता बूढीगङ्गा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक खातीले ज्याला नपाएको उजूरी न्यायिक समितिमा नआएको बताउनुभयो । उहाँले उजूरी न्यायिक समितिमा नआएकाले ज्याला पाए नपाएको विषयमा खोज्दै हिँड्न नहुने बताउँदै उजूरी आएमा छलफल गरेर मजदूरलाई ज्याला उपलब्ध गराइदिएर न्याय दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह