४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

१३ फाल्गुन २०७७, बिहीबार ०८:०१

फागुन १३, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरुले ज्याला नपाएका हुन् ।

विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम नगरपालिकाले भुक्तानी गरिसक्दा पनि आफूहरुले ज्याला नपाएको मजूदर भीमबहादुर रौलेले बताउनुभयो । नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को आठ लाख रकम बिल अनुसार भुक्तानी गरेको भए पनि काम गर्ने मजदूरले भने ज्याला नपाएको उहाँको गुनासो छ । 

उपभोक्ता समितिका अध्यक्ष सुशीला रौलेले रकम बुझेर ल्याएको भए पनि आफूलाई ज्याला नदिएको अर्का मजदूर अमृत देउवाको भनाइ छ । काम गरेको एक वर्षसम्म पनि पर्खाल निर्माण समितिका पदाधिकारीले सरकारी दर रेटअनुसार नदिएको ज्यालामा विवाद आएको छ । उनीहरुले काम गरेको भए पनि श्रमको ज्याला पाउन सकेका छैनन् । पटकपटक पर्खाल निर्माण समितिसँग  काम गरेको ज्याला माग्दा थोरै रकम दिने र सरकारी दररेटको रकम नदिने मजदूर देउवाले रासससँग दुखेसो पोख्नुभयो । उहाँले पर्खाल निर्माणको ज्याला नपाएको भन्दै बूढीगङ्गा नगरपालिकाको न्यायिक समितिमा उजूरी गरेको भए पनि कुनै सुनुवाइ नभएको पनि बताउनुभयो । 

नगरपालिकामा दिएको उजूरी न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उप प्रमुख तारा खातीले वडामै मिलाउन भनेर उजूरी फिर्ता गरेको देउवाको छ । विद्यालयको पर्खाल निर्माण समितिका अध्यक्ष तथा पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला रौलेले पर्खाल निर्माण उद्घाटनका बेला तत्कालीन प्रधानाध्यापक रामबहादुर रावलले सरकारी दररेटका कुरा उठाएकाले मजदूरले पनि सोही दररेटमा ज्याला पाउनुपर्ने माग राख्दै काम गरेको रकम बुझ्न नमानेको बताउनुभएको छ । 

नगरपालिकाको प्राविधिकले बनाएको इष्टमेट अनुसार काम नभएकाले सम्झौता भए अनुसारको रु ८ लाख भुक्तानी नभएकाले प्रतिव्यक्ति रु ३५० का दरले दिने सहमति भएको र केही व्यक्तिले सो रकममा सहमति नजनाएकाले उनीहरुले एक महिनादेखि ज्याला नलिएको उहाँले स्वीकार गर्नुभयो । पटकपटक ज्याला बुझ्न बोलाउँदा र छलफल गर्दा समेत सरकारी दररेट ९५० का दरले काम गरेको रकम पाउनुपर्ने मजदूरले अडान लिएपछि ज्याला दिन नसकेको अध्यक्ष रौलेको भनाइ छ । उहाँका अनुसार ज्याला नलिनेमा २१ मजदूर छन् । तीमध्ये वीरसिङ्गे रौले, भीमबहादुर रौले, राजेन्द्र रौले, बलबहादुर रौले चन्द्रबहादुर रौलेलगायतका छन् । 

यस्तै ज्याला नपाउनेमा चक्र शाह, उद्धव रौले, भरत रौले, प्रकाश रौले, प्रेमबहादुर रौले, अमृत देउवा, चन्द्रदेव जैशी र मोतिलाल जैशी छन् । यता बूढीगङ्गा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक खातीले ज्याला नपाएको उजूरी न्यायिक समितिमा नआएको बताउनुभयो । उहाँले उजूरी न्यायिक समितिमा नआएकाले ज्याला पाए नपाएको विषयमा खोज्दै हिँड्न नहुने बताउँदै उजूरी आएमा छलफल गरेर मजदूरलाई ज्याला उपलब्ध गराइदिएर न्याय दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ