१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गलकोटमा फोहरलाई मोहर बनाउने अभियान

१४ फाल्गुन २०७७, शुक्रबार ०३:५०

फागुन १४, बागलुङ  | फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ ।

कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनः प्रयोगका लागि नगरपालिकाले काम थालेको हो । गलकोटमा फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरेर नगरको फोहर व्यवस्थापन गरिने छ । नकुहिने फोहरका लागि नगरले ‘रिसाइकल’ मेसिन खरिद गरेको छ । विशेषगरेर प्लाष्टिकजन्य फोहरलाई पुनः प्रयोगका लागि योग्य बनाउन मेसिन राख्न थालिएको हो ।

नगरले खरिद गरेका पाँच रिसाइकल मेसिनको सफल परीक्षण भएपछि नगरले तत्काल फोहरको प्रशोधन थाल्ने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा रु २२ लाख लगानी गरी रिसाइकल केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण गरेको थियो । चालु आवमा रु १० लाख खर्चेर पाँचवटा मेसिन खरिद गरी सञ्चालनको तयारी गरेको गैरेले बताउनुभयो ।

“प्लाष्टिकजन्य फोहरले दीर्घकालीनरूपमा पार्ने असर कम गर्नु हाम्रो दायित्व हो”, गैरेले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि हुने खर्च फोहरबाटै आम्दानी हुने गरी काम थालेका छौँ ।” नगरपालिकाले मासिक रु २० हजार भाडा तिर्ने गरी वडा नं ९ मसुरबारीमा जग्गा भाडामा लिएर संरचना निर्माण गरेको छ । तत्काल बजार क्षेत्रबाट बढी मात्रामा निस्कने प्लाष्टिकजन्य फोहरलाई सङ्कलन गरी कच्चा सामग्री बनाउने गरी व्यवस्थापन गरिएको गैरेले बताउनुभयो । नगरपालिकाले फोहर व्यवस्थापन गर्न विभिन्न ऐन तथा कार्यविधिसमेत निर्माण गरिसकेको गैरेको भनाइ छ ।

वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार चालु आवमा मेसिन खरिद, विद्युत् लाइन विस्तार तथा जडान गरी करिब रु १० लाख बराबरको काम भएको छ । उहाँले केही दिनमा फोहर सङ्कलन केन्द्रको औपचारिकरूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । वडाभरिको फोहर सङ्कलनका लागि ट्र्याक्टरको व्यवस्था नगरले गरेको छ । फोहर उत्सर्जन गर्नेलाई ग्राहक कार्ड दिएर मासिक रु ५० देखि ४०० सम्म सेवाशुल्क लिन पाउने कानूनी व्यवस्था नगरले गरेको छ ।

“रिसाइकल भएको प्लाष्टिक बेच्ने ठाउँको खोजी भइरहेको छ”, गैरेले भन्नुभयो, “तत्काल धेरै उत्पादन हुँदैन तर हामी १५ वर्षपछिसम्म सोचेर काम गरिरहेका छौँ ।” धवलागिरिमै पहिलोपटक फोहर रिसाइकल गर्ने प्रविधिलाई आत्मसात गर्न लागेको गलकोट नगरपालिकाले क्रमिकरूपमा प्लाष्टिकसँगै रबरलगायतका फोहरजन्य वस्तुलाई रिसाइकल गर्ने योजना बनाएको छ ।

नगरपालिकाले सफा तथा सुन्दर नगर निर्माण तथा फोहर सङ्कलन तथा प्रशोधन गरी फोहरलाई मोहरमा बदल्न गलकोट फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी सरकारी–निजी साझेदारीमा सञ्चालन गर्न लागेको हो । करिब रु ४० लाख लागतमा स्थानीयवासीलाई रोजगारी दिने तथा फोहर सामग्री प्रशोधन गरी आम्दानीको स्रोत बनाउने योजनाअनुसार सङ्कलन तथा प्रशोधन केन्द्र व्यवस्थापनको काम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम