२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालङ्गा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न

१६ फाल्गुन २०७७, आईतवार १२:०५

फागुन १६, बझाङ । निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ । 

झण्डै रु १० अर्व लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालङ्गाको जलविधुत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेघावाटको कालङ्गा जलविधुत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेघावाट क्षमताको सानीगाड जलविधुत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ । १५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माण सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ । 

सन २०१७ देखि निमार्ण शुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भुगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाई भएको आयोजना कम्पनिले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भईरहेकोे छ । 

टनेल निर्माणलाई अन्तिमरुप दिनुका साथै पावर हाउसमा विधुतीय उपकरण जडानको काम भईरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “३८.४६ मेघावाटको अपरकालङ्गामा टनेल फिनिसिङको काम भइरहेको छ । १५.३३ मेघावाटको कालङ्गा जलविधुत् आयोजनाको सबै काम सकिएको छ । अब यही चैतमा परीक्षणको तयारीमा छौँ । सन् २०२०  भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाई भएको हो । काममा ढिलाई हुँदा लागत पनि बढेको छ ।

सुदुरपश्चिम लगायत देशमा हजारौंको सङ्ख्यामा रोजगारी सिर्जना हुने र निर्माण सम्पन्न भएपछि  ३५० भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् । यो आयोजनाले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ ।  

यो आयोजना सुदुरपश्चिमको विकासका लागि कोसेढुङ्गा सावित हुने कालङ्गा हाइड्रो प्रालीका संस्थापक वीरेन्द्र मल्लले बताउनुभयो । यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक प्रशस्त कच्चा पदार्थ छन् । विधुत् नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन । 

यो आयोजना निर्माण सम्पन्न भएसँगै विभिन्न उद्योग स्थापनाका लागि सम्भावना रहेकाले विभिन्न कलकारखाना तथा उद्योगहरू सञ्चालनमा पनि यस आयोजनाले सहयोग पुग्ने छ । आयोजना निमार्ण शुरु भएसँगै यस क्षेत्रका युवाले योग्यता र दक्षताअनुसार रोजगार पाईरहेको छन् । 

हिजोका दिनमा रोजगारका लागि विदेशिने युवा हाल यसै आयोजनामा काम गरी रहेको र यस आयोजनाले बझाङको मुहार फेरिने मल्लले बताउनुभयो । जलविद्युत् आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैङ्कको लगानी र १५ प्रतिशत प्रतिष्ठत व्यापारीको लगानी छ । 

निजि क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो प्रदेशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको आयोजनाको दाबी छ । प्रक्रियामै समय लाग्ने भएकाले शेयर निष्काशनमा केही ढिलाई हुने जनाइएको छ । देशको राजनैतिक गतिरोध र आफ्नो पुँजिको सुरक्षा नहुने भए पछि निजि क्षेत्र लगानी गर्न मानिरहेका छैन । निजि क्षेत्रको लगानीका विषयमा सरकारले एक पटक सोच्नु जरुरी छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान