२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

२०७७, १७ फाल्गुन सोमबार ०४:५६

फागुन १७, नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा रहेका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सरसफाइका सामग्री र अभिभावकलाई न्यानो कपडा वितरण गरिएको छ ।

चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई उक्त विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा ‘एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ मार्फत तीन–तीन थान कम्युटरसहित शिक्षक–विद्यार्थीको लागी कोरोना रोगको सक्रमणबाट बच्न स्वास्थ्य मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सरसफाइका सामग्री उपलब्ध गराइएको हो । ट्रष्टको तर्फबाट सानुकिम्ताङ माविलाई रु दुई लाखको कम्युटर, रु एक लाख बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ३०० भन्दा बढी अभिभावकलाई रु तीन लाख बराबरको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको हो ।

चन्द्रदेवी माविको लागि रु दुई लाखको कम्युटर, रु ५० हजार बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ११० अभिभावकलाई रु एक लाखभन्दा बढीको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको ट्रष्टका संरक्षक अजुर्ननरसिंह केसीले जानकारी दिनुभयो । दिवङ्गत आमाबुबाको नाममा स्थापना भएको ट्रष्टमार्फत नुवाकोट र रसुवालगायतका जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग कार्यक्रम चलाउँदै आएकाले यसलाई विशुद्ध समाजसेवाको रुपमा सहयोग गरिएको उहाँको भनाइ छ ।

माथिल्लो किम्ताङमा रहेको सानुकिम्ताङ माध्यमिक विद्यालयको आइतबार आयोजित ५५औँ वार्षिकोत्सव र चन्द्रदेवी माविको गत मङ्गलबार आयोजित २४औँ वार्षिकोत्सवको अवसरमा ‘एशोदादेवि–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ले सहयोग सामग्री उपलब्ध गराएको हो । उक्त सामग्री प्रदान गर्न ट्रष्टको तर्फबाट संरक्षक अजर्नुनरसिंह केसी, अध्यक्ष डा केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, प्रजातान्त्रिक विचार समाजका नेता कुलचन्द्र वाग्ले, गोकर्ण अर्यालसहितको टोली विद्यालयमा पुग्नुभएको थियो ।

जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र एवं उच्च पहाडी भूभाग भएकाले उक्त बस्तीका अभिभावकलाई न्यानो कपडा वितरण गर्नाले विद्यार्थीलाई नियमित विद्यालय पठाउन उत्साह मिल्ने तथा विद्यालयलाई उपलब्ध गराइएको कम्युटरले प्रशासनिक कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ । आर्थिक अभावको कारण गम्भीर बिरामी भएका सानुकिम्ताङ माविमा अध्ययरत विद्यार्थीको तीनजना अभिभावकलाई ट्रष्टले आफ्नै खर्चमा उपचार गरिदिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश