२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१ अर्ब ४५ करोडमा १ सय २२ किमि ट्रयाक खुल्यो कर्णाली करिडोर

२०७७, १७ फाल्गुन सोमबार ०५:५९

दान बहादुर बुढा । फाल्गुन १६, मुगु । कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालु देखि हुम्लाको बालुकुना १ अर्ब ४५ करोड रकमले १ सय २२ किलो मिटर सडकको ट्रयाक खुलेको छ । खुलालुदेखि हुम्लाको सली सल्ला सम्मको १ सय २३ किलो मिटर मध्ये अब एक किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी रहेको छ ।


२०७१ चैतदेखि नेपाली सेनाले सडक निर्माणको काम थालेको कणाली करीडोर निर्माणमा २ अर्ब ८४ करोडको बजेट प्रस्ताव गरिए पनि अहिले सम्म १ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँ बाट सडक निर्माणको काम चलिरहेको छ । 


निर्माणको जिम्मा लिएको ७ वर्ष भित्र १ सय २२ किमि सडक निर्माणको काम पूरा भएको सडक निमार्ण कार्यदलका प्रमुख (सेनानी) मिलन कार्कीले बताएका छन । ‘बाँकी १ किलो मिटर सडकको काम आगामी वैशाख सम्म सक्ने लक्ष्य रहेको  छ, कार्कीका अनुसार ‘लक्ष्य अनुसार काम भए चालू आर्थिक वर्ष भित्रै सडक सरकारलाई हस्तान्तरण गर्ने हिसाबले काम धमा धम भैरहेको छ  ।’ ट्रयाक निर्माणको काम पूरा भएपछि केही ठाउँमा सडक चौडा बनाउने, टेवा पर्खाल लगाउने लगायत काम अन्य काम पनि गरिने बताएका छन ।


हिजो आज कालीकोटको खुलालु देखि हुम्ला बालुकुना सम्मको १ सय २१ किलोमिटर ट्याक खुलेका सडकमा जिप र साना सवारी साधन सञ्चालनमा आई रहेकोे सेनानी कार्कीले बताए । यातायात सञ्चालन भएपछि कालीकोट, हुम्ला, मुगु र बाजुराका स्थानिय बासिन्दाको आवतजावत निकै सजिलो भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी सहज बनेको छ । 


करिडोरको ट्रयाक खुलेपछि नेपालगन्ज, सुर्खेत लगायतका ठाउँ आउन जाउ गर्न धेरै सुविधा पुगेको गाढी चल्न थाले पछि दैनिक उपभोग्य बस्तुहरु पनि सस्तो सहजरुपमा पाईन थालेको  सोरु गाँउपालिका वडा नम्बर ४ कालिका आधारभुत बिद्यालयका शिक्षक अंग बहादुर बुढाले बताए । ‘सडक निर्माणले रोजगारी पनि पाएका छौं,’ उनले भने, स्थानिय उत्पादन ‘कृषिजन्य बस्तुले सजिलै बजार भाउ  पाएको छ ।’

हुम्लाको सरिसल्ला देखि सिमकोट सम्मको ५१ किलो मिटर मध्ये ३५ किमि सडक निर्माणको काम सडक डिभिजन र स्थानीय तह मार्फत काम भइरहेको छ । अब करिडोरको १६ किलोमिटर मात्र ट्रयाक खुल्न बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । बाँकी रहेको १६ किलोमिटर सडक निर्माणको काम पनि सेनाले गरे कणाली करिडोरको सडक छिट्टै सञ्चालनमा आउने सर्केगार्ड गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताएका छन । ‘सेनालाई जिम्मा दिए काम छिटो हुन्थ्यो,’ उनले भने, ‘हामीले पनि निर्माणलाई तीव्रता रुपमा दिइरहेका छौं । सडक खण्डमा काम गर्ने करिब २ सय ५० जना दक्ष कामदार खटिएका छन् । 

सडक निर्माण् कार्यदलका अनुसार अहिले सम्म करिडोर निर्माणको काममा खटिएका ६ जनाले ज्यान गुमाइसकेका छन् । कालिकोटमा ४ र हुम्ला खण्डमा २ जनाको सडक निर्माणका क्रममा ज्यान गएको छन भर्ने  मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिइएको सेनाले जनाएका छन । करिडोर निर्माणमा २ अर्ब ८४ करोडको बजेट प्रस्ताव गरिए पनि अहिलेसम्म १ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँबाट सडक निर्माणको काम चलिरहेको कार्कीले बताए ।

कर्णाली करिडोर अन्तर्गत विभिन्न ५ ठाउँमा नेपाली सेनाले ५ वटा बेलीब्रीज पुल समेत निर्माण गरेको छन । एउटा बेलीब्रीजको निर्माणको काम जारी रहेको सडक निर्माण कार्यदलले जनाएको छ । कालिकोट खण्डमा २, बाजुरा खण्डमा १ र हुम्लामा २ वटा पुल निर्माणको काम सकिएको सेनानी कार्कीले बताए छन । उनका अनुसार कालीकोटको खुलालुमा पुल निर्माणको काम जारी छ । हुम्लाको सरिल्लास्थित कर्णाली नदीमा भने सडक डिभिजन कार्यालयले बेलीब्रीज निर्माण गरि रहेको छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल