२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसियामा रोजगारी छाडेर च्याउ खेतीमा

१९ फाल्गुन २०७७, बुधबार ०७:१७

फागुन १९, गण्डकी । रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया जानुभएको थियो । वैदेशिक रोजगारीले उहाँलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । 

विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कनु भएका सुवेदी त्यसपछि भने कहिल्यै विदेश जानुभएन । त्यसपछि च्याउ खेतीमा लाग्नुभएका सुवेदी हाल दाजुभाइ च्याउ फर्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लाग्नुभएको छ ।

 “मलेसियाबाट फर्के लगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउ खेतीले अन्ततः मलाई यसको व्यावसायिक खेतीतर्फ आकिर्षत ग¥यो”,उहाँले भन्नुभयो, “त्यस यताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला छ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेँ ।” यस वर्षदेखि पोखरा महानगरपालिका–३३ बागमारास्थित महाकाली चोकमा च्याउ खेती शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक च्याउ खेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढदशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उहाँले कोरोना महामारी भन्दा अघिसम्म यस व्यवसायबाट मासिक रु दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । “कोरोना शुरु हुनुभन्दा अघिसम्म मासिक रु दुई लाखसम्म आम्दानी हुने गरे पनि कोरोना महामारीका कारण त्यसयता हालसम्म नै मासिक रु दुई लाखकै हाराहारीमा घाटा व्यहोर्दै आएको छु”, उहाँले भन्नुभयो, “आगामी दिनमा कोरोना महामारीको प्रभाव कम हुँदै व्यवसाय पूर्ववत् रुपमा फर्कने आशा गरेको छु ।”

कोरोना महामारीका कारण बीचमा भएको लकडाउनका कारण च्याउ खेतीका लागि आवश्यक पर्ने सामान ढुवानीलगायतमा समस्या झेल्नु परेको उहाँले सुनाउनुभयो । बन्दाबन्दी पहिला च्याउ खेतीका लागि आवश्यक पर्ने पराल प्रति ट्रक रु ५० हजारमा पाइने गरेकोमा अहिले भने एक लाख पर्ने गरेको उहाँले जानकारी दिनुभयो । 

ट्रकमा पराल ढुवानीका क्रममा बाहिर निस्केमा सडक सुरक्षा जाँचका क्रममा जरिवाना तिर्नुपर्ने लगायतका झन्झटका कारण गाडीवाला पराल बोक्न गा¥हो मान्ने गरेको र ढुवानीमा बढी रकम तिर्नुपरेको उहाँले गुनासो सुनाउनुभयो ।

कोरोना अघिसम्म आफूले १६ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सुवेदीले अहिले चार जनालाई मात्र रोजगारी दिन सकेको बताउनुभयो । “पहिले न्युनतम १०० वटासम्म च्याउका टनेल बनाएका थियौं”, उहाँले भन्नुभयो, “प्रत्येक दिन ३०० किलो च्याउ बजारमा पठाइन्थ्यो, अहिले १५ वटा मात्रै टनेल छन्, मुस्किलले दैनिक १०० किलो निकाल्न पनि धौधौ छ ।”

उहाँका अनुसार तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रैमहिना गर्न सकिन्छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उहाँले बताउनुभयो ।

सुवेदीले हाल कन्ये र सिताके च्याउ लगाउनुभएको छ । बजारमा कन्ये च्याउ प्रतिकिलो २०० रुपैयाँ पर्छ भने सिताके च्याउ प्रति किलो ६०० रुपैयाँ पर्दछ । च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उहाँले बताउनुभयो । 

च्याउ खेतीका साथै आफ्नो फर्ममा प्राङ्गारिक तरकारीसमेत उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । राज्यका तर्फबाट कृषकलाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउनु आवश्यक भएको बताउँदै च्याउ सञ्जाल कास्कीका अध्यक्षसमेत रहनुभएका सुवेदीले व्यावसायिकताको विकासका लागि निरन्तरको क्रियाशीलता र लगाव आवश्यक हुने उल्लेख गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल