१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

२० फाल्गुन २०७७, बिहीबार ०४:५७

फागुन २०, बागलुङ । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ ।

 विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नसक्ने व्यवस्था छ । यसैकारण पनि महिला र पुरुष दुवैले सम्बन्धविच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ । 

जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०७७/०७८ को सात महिनासम्म ११६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले  जानकारी दिनुभयो । कोरोना भयावहका कारण लामो समय अदालती सेवा बन्द हुँदा पनि यस वर्ष ११६ सम्बन्धविच्छेदका मुद्दा परेको उहाँको भनाइ छ । 

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्धविच्छेदका १८६ मुद्दा दर्ता भएका थिए । यो आवमा गत वर्ष सरी आएकोे महिलाबाट दर्ता भएका ३२ र पुरुषबाट दर्ता भएका ४० गरी ७६ सम्बन्धविच्छेदका घटनामध्ये पुरुषद्वारा दर्ता गरिएका २२ र महिलाबाट दर्ता गरिएका १८ गरी ४० मुद्दा फछ्र्योट गरिएको छ । 

चालीस सम्बन्धविच्छेदका घटनामा अझै फैसला हुन बाँकी छ । यो आवको फागुन १८ गतेसम्म दर्ता भएका सम्बन्धविच्छेदका ११६ मुद्दामध्ये महिलाबाट ९४ मुद्दा दर्ता भएका छन् भने पुरुषबाट २२ मुद्दा दर्ता भएका छन् । तीमध्ये महिलाले दर्ता गरेका ६८ मुद्दामा मिलापत्र गरिएको छ भने पुरुषले दर्ता गरेका आठ मुद्दामा मिलापत्र गरिएको छ ।

चालीस मुद्दा फैसला हुन बाँकी रहेको स्रेस्तेदार भण्डारीको भनाइ छ ।  

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयो । “युवा विवाह गरेर विदेश जान्छन्, श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ, उनीहरुले शहरमा विलासी जीवन बिताउन चाहन्छन्, सामाजिक सञ्जालका कारण श्रीमान्श्रीमतीमा आशङ्का पैदा हुन्छ, चरित्रको आरोप लाग्छ”, उहाँले भन्नुभयो, “यसरी सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिला मात्रै हुन्थे, अहिले नयाँ व्यवस्थानुसार पुरुष पनि आएका छन्, यसमा चारित्रिक विषयका साथै रेमिट्यान्सको विषय मुख्य देखिन्छ, विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्दा धेरै जोडीमा विवाद बढेर सम्बन्धविच्छेदमा पुगेको पाएका छौँ ।” उहाँले विवाह भनेको आपसी बुझाइ र सहमतिसहितको सम्बन्ध भएकाले पुरुष र महिला दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । 

यस्तै चालु आवको हालसम्म जिल्ला अदालत बागलुङमा ज्यान मुद्दासम्बन्धी आठ, बहुविवाह पाँच, जबर्जस्ती करणीसम्बन्धी १७, लागुऔषधसम्बन्धी पाँच, चोरीसम्बन्धी नौ, आत्महत्या दुरुत्साहनसम्बन्धी दुई, बाल यौन दुरुपयोगसम्बन्धी दुई, अपहरण गरी बन्धकसम्बन्धी दुई, पशुपक्षीको कसुर छ, बोक्सी आरोपसम्बन्धी एक, विवाह बदर एक, बालविवाह एक, सङ्गठित ठगी एक, हातहतियारसम्बन्धी १०, करारको यथावत परिपालन एक, झुठो विवरण पेश गरी नागरिकता लिएको एक र घरेलु हिंसासम्बन्धी  आठ मुद्दा परेको जिल्ला अदालत बागलुङले जनाएको छ ।

यस्ताखाले मुद्दामा जिम्मेवारी सरी आएका ३०३ बाट १२४ फैसला भई १७९ मुद्दा फैसला हुन बाँकी रहेको छ । यो आवमा नयाँ दर्ता भएका २९० मुद्दाबाट ९७ फैसला भई १९४ बाँकी रहेको छ । अहिलेसम्म रहेका ५९३ मुद्दामा २२१ मुद्दा फैसला भएका छन् भने ३७२ मुद्दा बाँकी रहेका छन् । विसं २०७४ भदौ १ गतेदेखि मुलकी ऐन, २०२० विस्थापित भई नयाँ मुलुकी संहिता (देवानी, फौजदारी) लागू भएको थियो । पहिलो मुलुकी ऐन जारी भएको १६४ वर्षपछि नयाँ मुलुकी ऐन आएको हो । नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने, वैवाहिक बलात्कार मुद्दा लाग्ने भएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक