२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

२०७७, २१ फाल्गुन शुक्रबार ०६:०८

फागुन २१, डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

कूल ३०८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त आयोजना पूर्णरूपमा सम्पन्न गर्नका लागि रु ९१ अर्ब लगानी लाग्ने भएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिलमा क्षति हुने वातावरण परामर्शदाता डा ज्योतिप्रसाद गजुरेलले जानकारी दिनुभयो । 

उक्त विद्युत् निर्माण गर्नका लागि ८८४ घरधुरीमा असर पर्ने अध्ययनले देखाएको छ । सोमा डोटीका मात्रै ६५६ घर छन् भने बाँकी २२८ घर अछामका छन्् । चार सय मिटर अग्लो हुने आयोजनाको बाँधले अछामकोे मङ्गलसैन नगरपालिकाका वडा नं ३, ५ र ७ चौरपाटी गाउँपालिकाका वडा नं १ र २े बोगटान फुड्सिलका वडा नं २, ५, ६ र ७ मा प्रभाव पार्ने बताइएको थियो । 

यस्तै डोटीकै केआइसिंह गाउँपालिकाका वडा नं २ र ३, दिपायल सिलगढी नगरपालिकाका वडा नं ७ र ८, पूर्वीचौकी गाउँपालिकाका वडा नं ५ र ७ मा पनि प्रभाव पर्ने जनाइएको छ । भौतिक वातावरणमा पर्ने प्रमुख असर डुबान भएको सो कार्यक्रममा जानकारी दिइएको थियो । डुबान क्षेत्रमा पर्ने ६६४ पक्की घर, २२० कच्ची घर, ७५६ गोठ, १० झोलुङ्गे पुल, छ खानेपानी आयोजना, १२ घाट, २० मन्दिर, चार विद्यालय, दुई हेल्थ पोष्ट, ३२ हजार ७९९ बोटबिरुवा, तीन पक्की सडक र कच्ची सडक (३५ कि.मी), सिँचाइ पाँच योजना, एक पानीघट्टमा प्रभाव पर्ने कार्यक्रममा जानकारी दिइएको बोगटान फुड्सिलका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभयो । 

आयोजनाका लागि वन क्षेत्र १०४०.९ हेक्टर, निजी जमिन १८७३.५ हेक्टर (३६ हजार ८२६.४९ रोपनी ), १४६६.१२४ हेक्टर सरकारी जमिन प्रयोग हुने जानकारी गराइएको छ । आयोजनाले कम्तीमा पनि एक लाख १४ हजार ६०२ प्रजातिका बोटबिरुवा प्रभावित हुने वातावरण परामर्शदाता डा गजुरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश