२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाईसेन्स

२०७७, २२ फाल्गुन शनिबार १५:३०

फागुन २२, काठमाडौँ | नेपालकै अग्रणी डिजिटल वालेट कम्पनीहरु मध्य लोकप्रिय आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमती पत्र प्रदान गरेको छ। "यस अनुमती पत्रको प्राप्तीले आई-पे ले सन् २०१० देखी नेपाल भरी सन्चालन गर्दै आएको गणस्तरिय र व्यवस्थीत सेवालाई अनुमोदन गरेको छ र हामीले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्दन गर्न/गराउन पुर्याएको योगदानको कदर गर्दै अझै राम्रो गर्दै जान प्रोत्साहित गरेको अनुभुती गरेका छौं।", आई-पे का अध्यक्ष श्री अमृत मान तुलाधर भन्नुहुन्छ।    

आई-पे, एउटा अनलाईन भुक्तानी द्वार र डिजिटल वालेट हो जसले प्रयोगकर्ताहरुलाई ईन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवाहरु विभिन्न व्यवसायीहरु बाट अनलाइन खरिद गर्न र सो को भुक्तानी पनि आई पे डिजिटल वालेट मार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ। आई-पे ले आफ्नो डिजिटल वालेट र भुक्तानी सेवा सबै व्यक्तिगत एवम् व्यावसायिक प्रयोगकर्ताहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। 


आई-पे का प्रमुख कार्यकारी अधिकृत श्री अमिर महर्जनका अनुसार देशैभरी आई-पे का पाँच लाख भन्दा बढी सक्रीय प्रयोगकर्ताहरु रहेका छन भने एक हजार भन्दा बढी मेहनती एवम् कृयाशील एजेन्टहरु रहेका छन् । विगत एक दशक देखी मोबाइल रिचार्ज/टपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङ आदी लगायत इ–कमर्स मार्फत किनिएको सामान तथा सेवाहरुको अनलाइन भुक्तानी गर्ने सेवाहरु प्रदान गर्दै आएकोमा अबका दिनमा आफ्ना नेपाल भरिका प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन अझ नविनतम् डिजिटल वित्तिय सेवाहरु प्रदान गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ