१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२३ फाल्गुन २०७७, आईतवार ११:५६

फागुन २३, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१।५८ ले ओरालो लागेर दुई हजार ४८५।०९ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ विन्दुले घटेर ४४९।६८ मा ओर्लेको छ । कूल २११ कम्पनीको एक करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर रु पाँच अर्ब ५४ लाख ६६ हजार ४८० मूल्यमा खरिद बिक्री भए । बजार ओरालो लाग्दा बजार पूँजीकरण प्रभावित भएको छ । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब २४ अर्ब ८५ लाख ५१ हजार १३९ बराबर पुगेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ५०।१५ र जलविद्युत् १८।३४ ले उकालो लाग्दा बैंकिङ १२।४१, व्यापार १८१।४८, विकास बैंक ५।५६, वित्त ३।२६, निर्जीवन बीमा ८५।५१, उतपादन ८२।२९, अन्य १७।७१, लघुवित्त ५१।७९, जीवन बीमा ३०६।३२, सामूहकि लगानी कोष ०।०२ र लगानी १।७५ बिन्दुले ओरालो लागेको छ । 

कारोबारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४२ करोड ७८ लाख ४० हजार ९२४ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंक रु ३९ करोड ६९ लाख ९३ हजार ७८२, माथिल्लो तामकोशी जलविद्युत् कम्पनी रु २४ करोड २३ लाख ९९ हजार ६४२, ग्लोबल आइएमई बैंक रु १७ करोड १३ लाख ५३ हजार ८७०, नेपाल इन्स्योरेन्सक कम्पनी रु १५ करोड ७६ लाख ६८ हजार ५१४ र खिबर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७१ हजार ६० हजार ४६९ कारोबार भएको छ । त्यसैगरी नेपाल पुरनबीमा कम्पनी रु ११ करोड ३८ लाख ४३ हजार ९०५, नेको इन्स्योरेन्स रु ११ करोड १८ लाख ३१ हजार ८५२ , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ९६ लाख ९८ हजार ८४० र नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ४६ लाख ६४ हजार १०१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

यस्तै कारोबारका आधारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९।९२ प्रतिशतले कमाउदा नेपाल हाइड्रो डेभलपर ९।८३, रैराङ हाइड्रोपावर ९।६९, एक्सेल डेभलपमेन्ट बैंक ७।१४, नेपाल इन्स्योरेन्स ६।५४, युनिभर्सल पावर कम्पनी ५।११, रिलायन्स फाइनान्स ४।४८, माथिल्लो तामाकोशी ४।१७, हिमालय पावर पार्टनर ३।८७ र एनआइबिएफ प्रगति फण्डका लगानीकर्ताले ३।८७ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ५।५२, साल्ट टे«डिङ कर्पोरेशन ५, बोटलर्स नेपाल तराई ३।९६, किसान लघुवित्त ३।७१, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३।५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३।४५, सर्पोट माइक्रोफाइनान्स ३।४०, गुराँस लाइफ इन्स्योरेन्सक म्पनी ३।३९ र बैंक अफ काठमाडौंका लगानीकर्ताले ३।३७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल