२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२०७७, २३ फाल्गुन आईतवार ११:५६

फागुन २३, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१।५८ ले ओरालो लागेर दुई हजार ४८५।०९ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ विन्दुले घटेर ४४९।६८ मा ओर्लेको छ । कूल २११ कम्पनीको एक करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर रु पाँच अर्ब ५४ लाख ६६ हजार ४८० मूल्यमा खरिद बिक्री भए । बजार ओरालो लाग्दा बजार पूँजीकरण प्रभावित भएको छ । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब २४ अर्ब ८५ लाख ५१ हजार १३९ बराबर पुगेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ५०।१५ र जलविद्युत् १८।३४ ले उकालो लाग्दा बैंकिङ १२।४१, व्यापार १८१।४८, विकास बैंक ५।५६, वित्त ३।२६, निर्जीवन बीमा ८५।५१, उतपादन ८२।२९, अन्य १७।७१, लघुवित्त ५१।७९, जीवन बीमा ३०६।३२, सामूहकि लगानी कोष ०।०२ र लगानी १।७५ बिन्दुले ओरालो लागेको छ । 

कारोबारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४२ करोड ७८ लाख ४० हजार ९२४ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंक रु ३९ करोड ६९ लाख ९३ हजार ७८२, माथिल्लो तामकोशी जलविद्युत् कम्पनी रु २४ करोड २३ लाख ९९ हजार ६४२, ग्लोबल आइएमई बैंक रु १७ करोड १३ लाख ५३ हजार ८७०, नेपाल इन्स्योरेन्सक कम्पनी रु १५ करोड ७६ लाख ६८ हजार ५१४ र खिबर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७१ हजार ६० हजार ४६९ कारोबार भएको छ । त्यसैगरी नेपाल पुरनबीमा कम्पनी रु ११ करोड ३८ लाख ४३ हजार ९०५, नेको इन्स्योरेन्स रु ११ करोड १८ लाख ३१ हजार ८५२ , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ९६ लाख ९८ हजार ८४० र नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ४६ लाख ६४ हजार १०१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

यस्तै कारोबारका आधारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९।९२ प्रतिशतले कमाउदा नेपाल हाइड्रो डेभलपर ९।८३, रैराङ हाइड्रोपावर ९।६९, एक्सेल डेभलपमेन्ट बैंक ७।१४, नेपाल इन्स्योरेन्स ६।५४, युनिभर्सल पावर कम्पनी ५।११, रिलायन्स फाइनान्स ४।४८, माथिल्लो तामाकोशी ४।१७, हिमालय पावर पार्टनर ३।८७ र एनआइबिएफ प्रगति फण्डका लगानीकर्ताले ३।८७ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ५।५२, साल्ट टे«डिङ कर्पोरेशन ५, बोटलर्स नेपाल तराई ३।९६, किसान लघुवित्त ३।७१, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३।५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३।४५, सर्पोट माइक्रोफाइनान्स ३।४०, गुराँस लाइफ इन्स्योरेन्सक म्पनी ३।३९ र बैंक अफ काठमाडौंका लगानीकर्ताले ३।३७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश