११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगार सम्मेलन गरिँदै

२४ फाल्गुन २०७७, सोमबार ०७:५४

फागुन २४, काठमाडौँ ।  युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । 

सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौँमा गरिने भएको छ । उहाँले सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने जानकारी दिनुभयो । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्र्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । 

“सम्मेलनमा रोजगारदाता संस्था र युवाबीच दक्षता, क्षमता र सीपका आधारमा रोजगारीको सहमति गरिनेछ”, उहाँले भन्नुभयो, “बेरोजगार भएका युवालाई रोजगारी दिन सम्मेलनको आयोजना गरिएको हो ।” सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को समेत सहकार्य हुनेछ ।  

सम्मेलनको तयारीका लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा कार्यकारी समितिसमेत गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह