११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक रोजगारीमा जानेहरुले बिमाको शुल्क भुक्तानी खल्ती वालेटबाटै तिर्न सक्ने

२६ फाल्गुन २०७७, बुधबार १२:३८

फागुन २६, काठमाडौँ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुले बिमाको शुल्क भुक्तानी अब खल्ती डिजिटल वालेट एपबाटै गर्न सक्ने भएका छन् । खल्ती डिजिटल वालेटले ज्याेति लाईफ इन्स्यारेन्ससँगको सहकार्यमा मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको हो । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेको वैदेशिक रोजगार विभाग बीमा (DOFE Insurance) मा ट्याप गरेर आफ्नो पासपोर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ । मागेको विवरण सबै भरेपछि ताेकिएकाे शुल्क खल्ती एप वा Khalti.com बाट भुक्तानी गर्न सकिन्छ । 

शुल्क भुक्तानी गरेपछि व्यक्तिको बीमा पोलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यसरी बीमा गरेपछि राेजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले दिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह