फागुन २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३० पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको छ ।