११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवैध रु ४२ लाखसहित दुई पक्राउ

२८ फाल्गुन २०७७, शुक्रबार १२:३२

फागुन २८, काठमाडौँ । महानगरीय प्रहरी परिसर भक्तपुुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ । 

अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र दोलखा बैतेश्वर घरभई काठमाडौँको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङलाई प्रहरीले विभागमा बुझाएको महानगरीय प्रहरी परिषद्का प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

जुवातास खेलेर जम्मा गरेको अवैध रकमसहित गाडी आएको खबर पाएपछि प्रहरीले पेप्सीकोलाबाट सानोथिमितर्फ आउँदै गरेको बा. २१ च. ३८३९ नम्बरको कार जाँच गर्दा विनोदले चलाएको कारको डिक्कीमा रु २७ लाख फेला परेको उहाँले जानकारी दिनुभयो । 

अनुसन्धानका क्रममा उक्त रकम सुमनको भएको बताएपछि निजलाई पेप्सीकोलाबाट पक्राउ गरी बालकोटस्थित कोठामा छापा मार्दा थप रु १५ लाख ३० हजार बरामद भएको गरी निजको रु ४२ लाख ३० हजार बरामद् गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

प्रहरीले घिमिरेको नाममा काटिएको रु दुई लाख ५० हजारको राष्ट्रिय वाणिज्य बैंकको चेक एक थान, नौ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक एक थान, रु एक लाख ५० हजारको स्ट्याण्डर्स चार्टर बैंकको चेक एक थान, रु नौ लाख ९९ हजारको नेपाल बैंकको चेक एक थान, रु १५ लाखको महालक्ष्मी विकास बैंकको चेक, मनास्लु डिस्ट्रिलरीको नाममा रु ७२ हजार नगद जम्मा गरेको भौचरसमेत बरामद भएको जनाएको छ । 

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका घिमिरे २०७४ कात्तिक १९ गते र पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाडौँबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा जुवा खेलेको र खेलाएको अभियोगमा मुद्दा दर्ता भएको र २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धबाट बैंकिङ कसुरसमेतमा मुद्दा दर्ता भई पटके रहेको खुल्न आएको गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह