चैत १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ४० पैसा र बिक्रीदर १३९ रुपैयाँ १२ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४४ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६ पैसा रहेको छ ।