११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ५१ अङ्कको गिरावट,कसको कति कारोबार ?

१ चैत्र २०७७, आईतवार ११:५९

चैत १,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५१.२३ ले ओरालो लागेर दुई हजार ४०७.२५ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.१० ले घटेर ४३५.१३ मा झरेको छ । 

कूल २११ कम्पनीको ९९ लाख तीन हजार ७०४ कित्ता शेयर रु चार अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बार पूँजीकरण रु ३३ खर्ब १६ अर्ब ८८ करोड ४९ लाख २० हजार बराबर पुगेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूह भने ओरालो लागेको छ । होटेल तथा पर्यटन ६१.१२ र जलविद्युत् ४७.८२ ले वृद्धि हुँदा बैंकिङ ३२.३३, व्यापार २१३.१६, विकास बैंक ३७.८४, वित्त १८.८९, निर्जीवन बीमा ३७४.५३, उत्पादन ९६.३४, अन्य ९६.३६, लघुवित्त ९०.६८, जीवन बीमा ४५३.९, सामूहिक लगानी कोष ०.२ र लगानी २.५६ विन्दुले घटेको छ । 

कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ४४ करोड ५६ लाख १५ हजार ७१३ बराबरको कारोवार भयो । कूल ४५६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको समाचार सार्वजनिक भएपछि लगानीकर्ताको चासोमा सो कम्पनी परेको हो । 

यस्तै, नेपाल पूर्वाधार बैंक रु २७ करोड ५६ लाख ६८ हजार ५१८, नबिल बैंक रु २० करोड ६६ लाख ८७ हजार ३७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १९ करोड ६७ लाख ९४ हजार ४००, ग्लोबल आइएमई बैंक रु १६ करोड ११ लाख चार हजार ४८६, अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ६२ लाख ६६ हजार, नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ९८ लाख २२ हजार १२६, एनआइसी एसिया बैंक रु ११ करोड ६० लाख ११ हजार ५०९ र नेपाल पुनरबीमा कम्पनी रु ११ करोड ३८ लाख ५८ हजार ४८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

कारोवारका आधारमा चन्द्रागिरि हिल्स ९.९५, माथिल्लो तामाकोशी ९.८९, पञ्चकन्या माई हाइड्रोपावर ९.७४, घलेम्दी हाइड्रो ९.७२, रैराङ हाइड्रोपावर ९.०४, माउन्टेन इनर्जी ५.९४, नेपाल इन्भेस्टमेन्ट बैंक ४.२१, माहुली सामुदायिक लघुवित्त २.६१ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले २.२० प्रतिशतले कमाए ।

यस्तै, हिमालयन पावर पार्टनर ९.८६, नेपाल हाइड्रो डेभलपर ७.९५, नेपाल दूरसञ्चार कम्पनी ६.५६, शिखर इन्सुरेन्स ६.५५, नेपाल इन्सुरेन्स ६.०८, नारायणी डेभलपमेन्ट बैंक ५.८१, साल्ट टे«डिङ कर्पोरेशन ५.७७ र स्वावलम्बन लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह