२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने

२०७७, १ चैत्र आईतवार १५:३४

चैत १, काठमाडौँ | चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमूना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षरोपण गर्न लागेको हो । 

नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा–कलङ्की सडकखण्डमा बोटबिरुवा र फूलहरु रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख रकम विनियोजन गरेको राससलाई जानकारी दिनुभयो । “देशको राजधानी भित्रिने मुख्य राजमार्गलाई नमूना राजमार्ग बनाउनका लागि बिरुवा रोप्ने र तारजाली हाल्ने काम शुरु गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । 

यस्तै चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड सरसफाइका लागि रु २० लाख रकम विनियोजन गरेको छ । सडक सरसफाइ र बोटबिरुवा संरक्षणका लागि सो नगरपालिकाले उक्त रकम विनियोजन गरेको छ । चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि रु एक करोड लागतमा ६८ वटा अत्याधुनिक सिसी क्यामरा जडान गरेको सो नगरपालिकाले पिपलामोडदेखि कलङ्कीसम्म ७०० वटा सडक बत्ती जडान गर्न लागेको छ । 

चन्द्रागिरिले सडकबत्ती जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरेको छ । यसअघि नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गरी बिरामीलाई अस्पताल आउन सहजताका लागि एम्बुलेन्ससमेत खरीद गरिसकेको छ भने चन्द्रागिरिभित्र हुने आगलागीका घटना नियन्त्रणका लागि दमकल पनि खरीद गरी सञ्चालनमा ल्याइसकेको छ । 

चन्द्रागिरिले चालू आवभित्रै नगर प्रहरी राख्ने तयारी थालेको छ । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा रहेका १५ वडामध्ये १२ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश