११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने

१ चैत्र २०७७, आईतवार १५:३४

चैत १, काठमाडौँ | चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमूना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षरोपण गर्न लागेको हो । 

नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा–कलङ्की सडकखण्डमा बोटबिरुवा र फूलहरु रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख रकम विनियोजन गरेको राससलाई जानकारी दिनुभयो । “देशको राजधानी भित्रिने मुख्य राजमार्गलाई नमूना राजमार्ग बनाउनका लागि बिरुवा रोप्ने र तारजाली हाल्ने काम शुरु गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । 

यस्तै चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड सरसफाइका लागि रु २० लाख रकम विनियोजन गरेको छ । सडक सरसफाइ र बोटबिरुवा संरक्षणका लागि सो नगरपालिकाले उक्त रकम विनियोजन गरेको छ । चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि रु एक करोड लागतमा ६८ वटा अत्याधुनिक सिसी क्यामरा जडान गरेको सो नगरपालिकाले पिपलामोडदेखि कलङ्कीसम्म ७०० वटा सडक बत्ती जडान गर्न लागेको छ । 

चन्द्रागिरिले सडकबत्ती जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरेको छ । यसअघि नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गरी बिरामीलाई अस्पताल आउन सहजताका लागि एम्बुलेन्ससमेत खरीद गरिसकेको छ भने चन्द्रागिरिभित्र हुने आगलागीका घटना नियन्त्रणका लागि दमकल पनि खरीद गरी सञ्चालनमा ल्याइसकेको छ । 

चन्द्रागिरिले चालू आवभित्रै नगर प्रहरी राख्ने तयारी थालेको छ । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा रहेका १५ वडामध्ये १२ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह