११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागमती प्रदेशमा स्थानीय सडक सुधार कार्यक्रम

२ चैत्र २०७७, सोमबार ०४:५०

चैत २, काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौँडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम शुरु भएको छ  । वाग्मती प्रदेशअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा सो कार्यक्रम शुरु भएको हो । हेटौँडास्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा आइतबार एक कार्यक्रमबीच वाग्मती प्रदेशका उक्त  चार वटा स्थानीय तहसँग सडक निर्माण तथा सुधार कार्यक्रम लागि सम्झौता भएको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार वाग्मती प्रदेशमा ६० स्थानीय तहले यो कार्यक्रमका लागि माग पठाएकामा चार स्थानीय तहसँग सम्झौता भएको हो । परियोजनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहले लागत साझेदारी गर्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाका प्रमुख मोहन चापागाईंले जानकारी दिनुभयो ।

कार्यक्रमकको शुभारम्भका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले जनताका लागि उत्कृष्ट काम गरेको जिकिर गर्नुभयो । उहाँले स्थानीय तहको केन्द्रबाट प्रदेशको राजधानीसम्म जोड्ने सडक रणनीतिक महत्वको हुने बताउनुभयो । कार्यक्रममा मन्त्री फुयाँलले जनताको जायज माग पूरा गर्न सरकार तयार रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा छनोट तथा समझदारी पत्रमा हस्ताक्षर भएका योजनाको क्रमशः विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र कम लम्बाइ भएका आयोजनाको निर्माण कार्य यसै वर्षबाट शुरु गर्ने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । कार्यक्रममा वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमुख सचिव मानबहादुर विक, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतको सहभागिता थियो ।

देशभरका ३९२ पक्की सडकको माग भए पनि ६१ स्थानीय तहमा अझै सडक पहँुच नपुगेको अनुमान छ । कार्यक्रममार्फत चालु आवको अन्तसम्ममा २० सडकको निर्माण कार्य शुरु गर्ने लक्ष्य लिइएको छ । पाँच वर्षभित्र चार हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा सडक पुलसहित करिब रु दुई खर्ब बजेट अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह