११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण

२ चैत्र २०७७, सोमबार ०८:४६

चैत २, काठमाडौँ । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल कोरोनाको उपचार र नियन्त्रणमा अग्र स्थानमा रहेर पाउँदा सहयोग गर्न लागिएको बताउनुभयो । अस्पतालका निर्देशक डा शाक्यले कोभिडका कारण लगभग १० महिना आर्थिकरुपमा थला परेको अस्पतालले सामग्री पाउँदा थप आवश्यक सेवा दिन सक्ने भएको जनाउनुभयो । एनेस्थेसिया प्रविधि हरेक बिरामीलाई शल्यक्रिया गर्नुपर्दा बेहोश गर्न काम लाग्नाका साथै प्यासेन्ट मनिटर भने बेहोश बिरामीको रक्तचाप, मुटुको चाल तथा श्वासप्रश्वास आदिका बारेमा जानकारी लिन आवश्यक पर्छ । त्यस्तै इलेक्ट्रोकाडियोग्राफ उपकरणले मात्र मुटुको अवस्थाका बारेमा चिकित्सकलाई राम्रो जानकारी दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह