११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नमूना बस्ती बनाइने

२ चैत्र २०७७, सोमबार ०९:२३

चैत २, बझाङ । थलारा गाउँपालिकामा ‘सबैको साथ सबैको सम्मान, विभेदरहित समाज निर्माणका लागि हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन ) नेपालले अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र आरडिएनको आयोजनामा उक्त कार्यक्रम आइतबारदेखि शुरु गरिएको संस्थाका सहजकर्ता शेरबहादुर ओखेडाले बताउनु भएको छ ।

दलितका समस्या पहिचान गर्ने, नमूना बस्ती निर्माण गर्ने र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिकाभरिका नौवटै वडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो । सो कार्यक्रमबाट गाउँपालिकाभित्रका प्रत्येक वडामा एक दलित बस्तीलाई नमूना बस्ती बनाउने लक्ष्य रहेको आरडिएनका केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले जानकारी दिनुभयो ।

अन्तरक्रियामा लम्बा र झपालीलाई नमूना बस्ती निर्माण गर्ने निर्णय भएको जनाइएको छ । चैत १५ गतेभित्र गाउँपालिकाभरिका नौवटै वडामा नमूना बस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न अन्तरक्रिया कार्यक्रम गर्ने आरडिएनका सहजकर्ता ओखेडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह