८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिनियाँ सामग्री सीधै रसुवागढी नाकामा

३ चैत्र २०७७, मंगलवार ०८:२२

चैत ३, काठमाडौँ । उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै  ढुवानी हुन थालेको छ । नेपाली  व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । 

गोदाम  र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ ।  अहिले ल्हासाबाट सामान बोकेका  कन्टेनर सिधै रसुवागढी  आउन थालेको  प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले आयात भएका सामग्री  नेपाली कन्टेनरमा  रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताउनुभयो । 

चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो ।  गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पु¥याएका सामग्री भन्सार हातामा आएका थिए ।   आ–आफ्ना सामानको परिमाण घोषणा गर्न आयातकर्ताका  प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेके छैन ।

उहाँले माल सामग्री बोकि आएका करीब ८० मालवाहक ट्रक÷कन्टेनर भन्सार हातामा रहेकोे जानकारी दिनुभयो । सामान आयात गर्ने व्यापारीले आफ्नो कन्टेनरमा रहेको सामानका नाम र परिमाण घोषणाको फारम भर्ने प्रावधान रहेको छ ।  भन्सार जाँचकीले ती सामग्रीको परीक्षण गरी भन्सार शुल्क यकिन गर्दछन् । 

बिग्रने वस्तुमा पर्ने लसुन बोकी आएका केही कन्टेनर भने जाँचपास गरी छोडिएको बताइएको छ । भन्सार शुल्कबापतको  राजश्वतर्फ गत फागुन २१ गतेदेखि करीब तीन करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न केरुङसम्मको आउजाउ बन्द भए पनि नेपाली बजारका लागि माल सामग्री भने मितेरी पुलमा पु¥याई  चिनियाँ पक्षले निरन्तर सहयोग गरिरहेको बताइन्छ ।

 हाल आयात भएका सामग्रीमा विद्युतीय उपकरण, तयारी पोशाक, जुत्ता चप्पललगायत विविध छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध